गर्भनिरोधक औषधीको प्रयोगले बाँझोपन हुन्छ या हुदैन?



एजेन्सी । गर्भवती हुनबाट बच्नको लागि प्रयोग गरिने विभिन्न औषधीमध्ये गर्भनिरोधक चक्की पनि एक हो।गर्भनिरोधक चक्की निकै प्रचलनमा छ। धेरै महिलाहरु गर्भनिरोधक चक्कीको सेवन गर्न डराउँछन्।

समाजमा यो औषधीसम्बन्धी भ्रमका कारण महिलाहरु यसको प्रयोग गर्न चाहदैनन्। असुरक्षित शारीरिक सम्बन्ध राखिसकेपछि बच्चा जन्माउन नचाहने महिलाहरु गर्भनिरोधक औषधिको प्रयोग गर्ने गर्छन्। समाजमा यस्ता औषधीलाई लिएर फरक–फरक धारणा पाइन्छ।
जस्तैः गर्भनिरोधक औषधीको प्रयोग गरेमा मोटोपना, हर्मोनसम्बन्धी समस्या, महिनावारीसम्बन्धी गडबडी जस्ता समस्याहरु आउँछ भन्ने सोचका कारण महिलाहरु यसको सेवन गर्न अस्विकार गर्छन्।

हरेक चीजको फाइदा र नोक्सान दुवै हुन्छ। यस्ता औषधीहरुसँग जोडिएका फरक–फरक धारणाहरु हुन्छन्। स्वास्थको दृष्टिले सही वा गलत भन्ने कुरा व्यक्तिमा भर पर्ने भएकाले तपाईले यस्ता औषधीको प्रयोग गर्नुभन्दा पहिले चिकित्सकको सल्लाह लिनु आवश्यक छ।
गर्भनिरोधक औषधी वा अन्य औषधिहरुले मोटोपन बढाउने वा नबढाउने भन्ने कुरा यसमा भएको हर्मोनमा निर्भर गर्छ। हरेक मानिसको शारीरिक बनावट फरक–फरक भएजस्तै हर्मोनको मात्रा पनि फरक–फरक हुन्छ। त्यसैले यसको सेवनले शरीरमा तौल बढ्ने वा नबढ्ने पनि मानिसको शारीरिक बनावटमा निर्भर गर्ने भएकाले यसको सेवन गर्नुपूर्व डाक्टरको सल्लाह लिनु आवश्यक छ।

हरेक महिलाको एउटै चिन्ताको विषय हो बाँझोपन। धेरैमा यहि विश्वास छ कि गर्भनिरोधक औषधिको सेवनले बाँझोपन निम्तिन्छ। तर, ३० वर्षभन्दा कम उमेरका महिलामा बाँझोपन आउनुमा गर्भनिरोधक औषधिको प्रयोग भन्दा पनि अन्य शारीरिक समस्या हो। उमेर बढ्दै जाँदा गर्भधारण गर्न समस्या आउँने डाक्टरहरु बताउँछन्।
गर्भनिरोधक औषधीको प्रयोगले क्यान्सर हुन्छ र यसले भविष्यमा गर्भधारण गर्न समस्या गर्छ। यो मानिसमा फैलिएको भ्रम मात्र भएको डाक्टरहरु बताउँछन्।

गर्भधारण गरिसकेका महिलाहरुले गर्भनिरोधक औषधीको सेवन गरेमा गर्भपतन हुन्छ भन्ने धारण रहेको छ। वास्तवमा गर्भवती भइसकेकी महिलाले यस्ता औषधिको सेवन गरेपनि यसले कुनै पनि प्रकारको असर गर्दैन। गर्भनिरोधक औषधीबारेमा जति भ्रम र यथार्थ भएपनि यसको सेवन गर्नुपूर्व हरेक महिलाले डाक्टरको सल्लाह लिन अत्यावश्यक छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्