तुलसीपुरको जग्गाको मुल्याङ्कन



 

दिपक बोहरा,
तुलसीपुर १४ भदौ ।

दाङ तुलसीपुर उपमहानगरपालिका भित्र पर्ने जग्गाको मुल्याङ्कन गरिएको छ । न्युनतम मुल्य निर्धारण समितिले चालुआर्थिक बर्ष २०७४÷०७५ का लागि जग्गाको न्युनतम मुल्याङ्कन गरेको हो । जग्गाहरुको रजिष्ट्रेसन प्रयोजनका लागि मालपोत कार्यालय तुलसीपुर अन्तरगतका जग्गाको मुल्याङकन भएको मलपोत कार्यालय तुलसीपुरका प्रमुख नरेश खड्काले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठको अध्यक्षतामा स्थानीय बिकास अधिकारी , उपमहानगरपालिका कार्यकारी अधिकृत लगायतको उपस्थित रहेको बैठकले जग्गाको मुल्याङ्कन गरेको हो ।

तुलसीपुर सल्यान सडक खण्डको तुलसीपुर ५ को सिमा देखी (क) लाईन हुँदै गुमराह चोक सम्मको दाँयाँ बाँयाँ पर्ने जग्गा र गुल्म चोक देखी विरेन्द्र चोक हुँदै बसपार्क पिपलबोट सम्म सडक दाँया बाँयाँ पर्ने जग्गाको मुल्य प्रतिबर्गमिटर १९ हजार कायम गरिएको छ । त्यस्तै तुलसीपुर बजारको ख, ग, घ र ङ लाईनका साथै सबै लिंक सडकले छोएका दाँया बाँया पर्ने जग्गा, तुलसीपुर कार्यालय भवन देखी उत्तर हुँदै बसपार्क पिपलबोट सम्मको सडकको दायाँँ बायाँँमा पर्ने जग्गा, बिरेन्द्र चोक देखी पश्चिम बसपार्क जाने सडक खण्ड देखी उत्तर सुबर्ण मार्ग पक्कि सडकमा दाँया बाँया बाकी जग्गा, नामि नगर राप्ती अञ्चल अस्पताल जाने पक्कि सडकको दाँया बाँयाको जग्गा, तुलसीपुर ५ स्थित रामजानकी टोल, कृष्ण टोलमा पर्ने पक्की सडकको दाँया बायाँ पर्ने जग्गा, तुलसीपुर वडा नं. ५ घ पर्ने शहरी क्षेत्र भित्रका सबै सडकका दाँया बायाँ पर्ने जग्गाका प्रतिबर्गमिटर १५ हजार कायम गरिएको छ ।

त्यस्तै तुलसीपुर अमिलिया सडक खण्डको गुमराह चोक देखी दक्षिण एयरपोर्ट चोक सम्म सडकको दाँया बाँया पर्ने जग्गा, लमही–तुलसीपुर सडक खण्ड तुलसीपुर ६ को गुल्म चोक देखी पुर्ब हात्तिखौवा हुँर्द बनकट्टाको ओरालो सडक दाँया बाँयाँ पर्ने जग्गा, तुलसीपुर पुरन्धारा सडक खण्ड देखी दक्षिण नयाँ बसपार्क तल्लो टिकट काउन्टर सम्मको सडकको दाँयाबायाँ पर्ने जग्गा, पुरानो रौनियार मेडिकल बसेको घर देखी दक्षिण एसएसपी कार्यालय हँुदै शान्तिबजार चोक सम्म पक्की सडकको दायाँ, बायाँ पर्ने जग्गा, तल्लो सिनेमा हलको चोक देखी पुर्ब एमाले पार्टी कार्यालय जाने पक्की सडकको दायाँ, बायाँ पर्ने जग्गा, गुुमराह चोक देखी शान्तिनगर हुँदै राप्ती बबई क्याम्पस जाने पक्कि सडकको दायाँ बायाँ पर्ने जग्गा, तुलसीपुर – घोराही सडक खण्ड देखी ज्ञान ज्योती बोर्डिङ स्कुल हुँदै दक्षिण बरुवागाउ जाने पक्की सडकको जग्गाको दाँया, बायाँ पर्ने जग्गा, तुलसीपुर– घोराही सडक खण्डको बिद्युत प्राधिकरण कार्यालयबाट उत्तर मोतीनगर टोल जाने पक्की सडकको दायाँ बायाँ पर्ने जग्गा, तुलसीपुर घोराही सडक खण्डको गुल्मचोक देखी दक्षिण इन्द्रनगर टोल जाने पक्की सडकमा पर्ने दायाँ बायाँको जग्गा, तल्लो सिनेमा हलको चोकदेखी पश्चिम शिखरकोलेनी हुदै सुकौरा जाने पक्कि सडकको दाया बाया पर्ने जग्गाको प्रतिबर्गमिटर न्युनतम मुल्याङ्कन ११ हजार पाँच सय कायम गरिएको छ ।

त्यस्तै तुलसीपुर– घोराही सडक खण्डको बिद्युत प्राधिकरण कार्यालय देखी दक्षिण गोर्खा बोर्डिङ हुँदै राप्ती क्याम्पस जोड्ने पक्की सडक सम्म दायाँ बायाँ पर्ने जग्गा, तुलसीपुर – सल्यान सडक खण्डको तुलसीपुर ५ को सिमा देखी प्राबि डाँडापातु जाने चोक सम्मको सडकको दायाँ बायाँ पर्ने जग्गा, नयाँ बसपार्क तल्लो टिकट काउन्टरदेखी दक्षिण नवसिर्जना टोल सम्मको कच्ची ग्राभेल सडकको दायाँ बयाँ पर्ने जग्गा, तुलसीपुर घोराही सडक खण्डदेखी दक्षिण भिआईपी टोल, एवन हाम्रो होटेल जाने कच्ची ग्राभेल सडकको दायाँ, बायाँ पर्ने जग्गा, तुलसीपुर घोराही सडक खण्ड देखी उत्तर शोभा भगवती टोल र मोतीनगर टोलमा पर्ने कच्ची ग्राभेल सडकको दायाँ बायाँ पर्ने जग्गा, तुलसीपुर–घोराही सडक खण्डको मानसरोवर होटलदेखी उत्तर तर्फका कच्ची ग्राभेल सडकको दायाँ बायाँ पर्ने जग्गा, शिखर कोलनी पक्की सडक देखि दक्षिण खानेपानी टंकीसम्मको कच्ची ग्राभेल सडकको दायाँ बायाँ पर्ने जग्गा, गुमराह चोक देखि पश्चिम खानेपानी टंकी सम्मको सडकको दायाँ बायाँ पर्ने जग्गा, शिखर कोलीनी पक्की सडक दखी दक्षिण गुम्रीगाउले सडक जोड्ने सडकको दायाँबायाँ पर्ने जग्गा, शिखर कोलीनी पक्की सडक देखी दक्षिण सुकौरा सोडदेखि पुर्ब तर्फका सम्पुर्ण शहरी क्षेत्र सम्मको दायाबायाँ पर्ने जग्गा, एमाले पार्टी कार्यालय देखि दक्षिण तर्फका सम्पुर्ण सडकमा पर्ने दायाँबायाँको जग्गा, १९ नं. बाहिनी देखि दक्षिण मनकामना टोल पुर्ब तर्फको सम्पुर्ण सडकमा पर्ने जग्गाहरुको दायाबायाँ पर्ने जग्गा, माथि उल्लेखित सडक बाहेक तुलसीपुर नगरपालिका वडा नं. ५ र ६ को शहरी क्षेत्र भित्र पर्ने सम्पुर्ण ग्राभेल कच्ची र प्रस्ताबित सडकमा पर्ने सडकका दायाबाया जग्गा, तुलसीपुर वडा नं. ९ को कालोपत्रेले छोएको जग्गालाई प्रतिबर्गमिटर ९ हजार कायम गरिएको छ ।

शहरी क्षेत्र भित्र पर्ने साबिक लाहुरेचौर वडा नं. २ क, २ ख मा पर्ने सबै प्रकारका कच्ची, ग्राभेल, प्रस्ताबित सडकमा पर्ने दायाँबायाँ जग्गा, माथि उल्लिखत बाहेक शहरी क्षेत्र बाहिर पर्ने तुलसीपुर वडा नं. ८ ख, ८ ग मा पर्ने कच्ची, ग्राभेल र भित्री सडकको दायाँबायाँ पर्ने जग्गा, तुलसीपुर सल्यान सडक खण्डको प्राबि डाडापातु जाने चोकदेखि उत्तर तुलसीपुर वडा नं. २ आखा अस्पताल जाने सडक खण्ड सम्मको दायाँबायाँ पर्ने जग्गा, शहरी क्षेत्र बाहिर पर्ने तुलसीपुर वडा नं. ५ ख मा पर्ने तुलसीपुर पुरन्धारा सडक दायाँ बायाँ पर्ने जग्गाको मुल्याङ्कन प्रतिबर्गमिटिर ६ हजार दुई सय ५० कायम गरिएको छ ।

तुलसीपुर नगर बिकास समितिले वितरण गरेको दोघेरे टाउन पलानिङ्ग भित्र पर्ने सम्पुर्ण घडेरी योग्य जग्गा, साबिक तुलसीपुर ‘क’मा पर्ने सबै प्रकारका भित्रि सडक दायाँ बायाँ पर्ने जग्गा, शहरी क्षेत्रबाहिर पर्ने तुलसीपुर वडा नं. ५ ‘ख’ मा पर्ने तुलसीपुर पुरन्धारा सडक दायाबायाँ पर्ने जग्गा, तुलसीपुर घोराही सडक खण्डको बनकट्टा ओरालो देखि पुर्ब कालाखोला सम्म पर्ने साबिक लाहुरेचौर २ ‘ग’ मा पर्ने पक्की सडकको दायाँबायाँ पर्ने जग्गा, साबिक लाहुरेचौर २ ‘क’ र २ ‘ख’ मा पर्ने शहरी क्षेत्र बाहिरका सम्पुर्ण भित्रि सडकसंग जोडिएका जग्गाको प्रतिबर्गमिटर पाँच हजार कायम गरिएको छ ।

त्यस्तै तुलसीपुर लमही खण्डको उत्तर दक्षिणका साबिक लाहुरेचौर वडा नं. २ ‘ग’ का सम्पुर्ण किसिमका भित्रि सडक दायाँ बायाँ पर्ने जग्गा, तुलसीपुर नगर बिकास समितिले बितरण गरेको घडेरी योग्य जग्गा बाहेक साबिक तुलसीपुर ५ ‘क’, ‘ख’ र ‘ग’ मा पर्ने शहरी क्षेत्र बाहिरका सम्पुर्ण सडक दायाँ बायाँ पर्ने जग्गा, तुलसीपुर २ र ३ मा पर्ने तुलसीपुर सल्यान सडक दायाँ बायाँ पर्ने जग्गाको प्रतिबर्गमिटि ४ हजार कायम गरिएको छ ।

त्यस्तै तुलसीपुर वडा नं. ९ ‘क’ र ‘ख’ मा पर्ने सम्पुर्ण किसिमका कच्ची सडक दायाँबायाँ पर्ने जग्गा, साबिक तुलसीपुर २ ‘ख’ र ‘ग’ मा पर्ने तुलसीपुर पुरन्धारा सडक दायाँ बायाँ पर्ने जग्गामो मुल्याङ्कन तीन हजार ६ सय कायम गरिएको छ ।
साथै बिजौरीको ५ ‘क’, ‘ख’, ६ ‘ख’ को लमही तुलसीपुरको दायाँ बायाँ पर्ने जग्गालाई प्रतिबर्गमिटर २ हजार कायम गरिएको छ । त्यस्तै बिजौरी १ ‘ख’, ३ ‘क’ , ४ ‘क’ लमही तुलसीपुर सडकको दायाँ बयाँ पर्ने जग्गाको न्युनतम मुल्याङ्कन प्रतिबर्गमिटर एक हजार ६ सय कायम गरिएको छ ।
त्यस्तै मानपुरको लमही तुलसीपुर सडक खण्डमा जोडिएको जग्गाको प्रतिबर्गकिलोमिटर एक हजार ६ सय कायम गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्