बाढी प्रभावितका लागि स्वास्थ्य शिविर सञ्चालन हुने



सैघाली खबर
दाङ,१५ भदौ। परिवार नियोजन दाङ शाखा आई.पि.पि.एफ. र जिल्ला जनस्वास्थ्य कार्यालय दाङको संयुक्त आयोजनामा दाङका विभिन्न स्थानमा स्वास्थ्य शिविर सञ्चालन गरिने भएको छ । गत साउन २७ गते आएको वाढीका कारण प्रभावित महिलाहरुका लागि स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको परिवार नियोजन दाङ शाखाका प्रमुख बसन्त खनालले जानकारी दिनुभयो । बाढीबाट प्रभावित महिलाहरुका लागि प्रजनन सवास्थ्य सेवा प्याकेज संचालन गरिने प्रमुख खनालले जानकारी दिनुभयो ।

भोली शुक्रबार अमेलियामा शिविरको उद्घाटन गरिने बताउनुभयो । पहिलो चरण १६ र १७ गते अमेलिया १८ गते रिहार , दोश्रो चरण भदौ २१,२२ र २३ गते तुलसिपुर उपमहानरपालिका १३ फुलवारीको मावि अम्बापुर, र तेश्रो चरणमा २८ ३० र ३० गते बवई गाउँ पालिकामा शिविर सञ्चालन हुने उहाँको भनाई छ । शिविरमा गर्ववती, नवजात शिशु,यौनरोग,तल्लोपेट दुख्ने,सेतो पानी वग्ने,एच.आई.भी.चाज, पाढेघर खसेको,पाढेघरको मुखको क्यान्सर, र परिवार नियोजनका साधन लगायतका सेवा सुविधा प्रदान गरिने खनाले वताउनुभयो । शिविरमा डा. अरविन्द भुषाल सहित ३ जना र ६ जना निर्सिङको परिचालन गरने वताउनुभयो । त्यस अबसरमा बोल्दै आई.पि.पि.एफ.का राजु तामाङले बाढी बाट प्रभावितहरुका लागी नेपालका ४ जिल्लामा शिविर सञ्चालन गर्न लागेको वताउनुभयो । बाढी बाट अति प्रभावित दाङ,बर्दिया,सप्तरी र सुनसरीमा शिविर सञ्चालन गर्न थालेको वताउनुभयो । उहाँले शिविर सञ्चालनका लागि सहयोग गर्न सबैमा आग्रह गर्नु भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्