दाङको बबई गाउँपालिकामा आँखा सिविर सञ्चालन हुने



बालकृष्ण पाण्डे , हापुरे ।

दाङको बबई गाउँपालिकामा आँखा सिविर सञ्चालन हुने भएको छ । बबई गाउँपालिकाको आर्थिक सहयोग तथा राप्ति आँखा अस्पताल तुलसीपुरको प्राबिधिक सहयोगमा आखाँमा लाग्ने रोग मोतिया बिन्दुको छनौट शिविर सञ्चालन गर्न लागिएको राप्ति आँखा अस्पताल तुलसीपुरले जानकारी दिएको छ ।

आँखा शिविर भोली बबई गाउँपालिका वडा नं। ७ को सरस्वती माबि चरक मटियामा सञ्चालन हुने भएको छ । त्यस्तै ११ गते हापुरेको माबि पदमपुरमा र १८ गते हंसपुरको जनतामा माबिमा सञ्चालन हुने पनि बबई गाउँपालिका अध्यक्ष भुवनेस्वर पौडेलले बताउनु भएको छ । शिविरमा ४५ वर्ष उमेर पुगेकाहरुले जांच गराउन सकिने बताइएको छ । मोतिया बिन्दु छनौट शिविरबाट मोतिया बिन्दु भएका बिरामीहरुका लागी आँखा अस्पतालमा निसुल्क अप्रेसन गरिने पनि अस्पताल स्रोतले बताएको छ ।।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्