छिन्नलता गीत पुरस्कार तथा सम्मान वितरण गरिदै



छिन्नलता गीत पुरस्कार गुठीद्वारा स्थापित विसं २०७५ को ‘छिन्नलता गीत पुरस्कार तथा सम्मान’ विभिन्न स्रष्टालाई अर्पण गरिने भएको छ । गीत रचनामा बुद्धवीर लामा, सङ्गीतमा बद्री खरेल र दुर्गा खरेल (संयुक्त), गायनमा यम बराल, युवा नवप्रतिभातर्फ प्रकाश सपुत र शान्ति परियार (बोल माया बोल…) र छिन्नलता विशेष सम्मान वरिष्ठ गायिका तीर्थकुमारी थापालाई प्रदान गर्ने निर्णय गरिएको छ ।

गीत, सङ्गीत, विशेष सम्मानको नगद राशि रु ५० हजार र युवा नवप्रतिभाको राशि रु ४० हजार सम्मानपत्रसहित रहेको छ । गुठीका अध्यक्ष प्रा वासुदेव त्रिपाठीको अध्यक्षतामा बिहीबार बसेको पुरस्कार छनोट तथा साधारणसभाले ती पुरस्कार तथा सम्मान ती स्रष्टालाई अर्पण गर्ने निर्णय गरेको गुठीका कोषाध्यक्ष रमेशप्रसाद ढुङ्गानाले जानकारी दिनुभयो । ती पुरस्कार गुठीका संस्थापिका तथा गीतकार स्व रमोलादेवी शाह ‘छिन्नलता’को जन्मतिथिमा आगामी असार २७ गते वितरण गरिने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्