नथियाकी रियल पात्र रन्जिता बादी भन्छिन पुस्तक होइन मेरो इज्जत बेचियो।



 २०७५ सालमा सरस्वती प्रतीक्षाको नथियाले एउटा साहित्य क्षेत्रमा हलचल , तहल्का नै मच्यायो । सरस्वती प्रतिक्षाको पहिलो कथा नथिया जब बजारमा आयो अत्यन्तै मन छुने, नारीबादी , महिला हिंसाका बारेमा राम्रो उठान र उजागर गरेको भनी धेरै प्रशसा पनि पाइन र २०६७/२०१९ को पहिचान पुरस्कार समेत जित्न सफल भइन। लामो समयको सम्म दलित समुदाय भित्रको पनि अझै पछाडी पारिएको समुदाय बादी र त्यस भित्रको बादी महिलाहरुको पीडा र चीत्कार त सुन्नै नसकिने अबस्थामा थियोे । त्यही चीत्कार बादी महिलाहरुले भोग्नु परेका बाध्यत्मक यौनब्यबसायलाइ लिएर लेखिएको पुस्तक हो नथिया । दाङ घोराहीका बादी महिलाहरुको यौन पेशा र नथिया प्रथालाई जोडि कथा नै यहि सेरोफेरोमा टुङ्गिएको छ । जब नथिया बजारमा आयो बजारमा रनक र झमक छाएको थियोे उतिबेला धेरैलाई यो कथाले मन छोयो , मुटुमा लाग्यो , तर यहि कथाका मुख्य पात्र बनाइएकी रन्जिता बादीको जिबनमा भने एउटा भुइचालो ल्याइदियो । बादी समुदायका अगुवाहरु सबै नथियामा लेखिएका ९५% सत्य भनेका पात्र र घटना र स्वरुप सबै गलत हो भनी नथिया बोकि समाननिय अदालत र प्रशासन सम्म न्याय खोज्न पुगे । आखिर को हुन त रन्जिता बादी ? नथियाकी जिबित मुख्य पात्र ? किन नथियाको विरुद्ध रन्जिता अदालत सम्म पुगिन ?? सैघाली खबरसित रन्जिताले गरेको कुराकानी;

२०४५ साल बैशाख २८ गते दाङ , घोराही प्रकैया वडा न. १५ मा मेरो जन्म भएको थियोे । भाइ ,म आमा बुवा चारजनाको सुखी र खुसी परिवार थियौ । बाबाले बादी समुदायको पुर्खौली पेशा माछा मार्ने , माछाको जाल बनाउने काम गर्नु हुन्थ्यो । हाम्रो बादी समुदायको एउटा स्वच्छ , स्वतन्त्र माछा मार्ने , जाल बुन्ने , सुपा बनाउने, आफ्नो सिप बिकास गर्ने र जिबिकापार्जन गर्ने , मादल बनाउने , हाम्रो पेशा भनेको नै यहि हो । आमा भने घरायसी काम गर्नुहुन्थ्यो । मैले जान्दा सम्म पनि बालबालिकालाई स्कुल पठाउनु पर्छ भन्ने बाताबरण नै थिएन ।
त्यही माथी छोरी चेलिलाइ त झन् गारो थियोे । मेरो हजुरआमाले बादी समुदायका दिदिबहिनीहरुको बाध्यत्माक यौन ब्यबसायको बारेमा बताउनुहुन्थ्यो । आङ जिरिङ्ग हुन्थ्यो डर लाग्थ्यो ती कुरा सुन्दा पनि तर मेरो आमाहरुले भोग्नु परेन पुरै हटिसकेको थियोे । २०५६ सालबाट त पुरै हट्यो । घरमा आर्थिक अबस्था कमजोर र शिक्षाको जागरण हाम्रो समुदायमा आउन नसके पनि उ बेला पनि विभिन्न सघ , संस्थाहरुको नजर हाम्रो समुदाय माथी परिसकेको थियोे । मेरो बाल्यकाल मेरो बाल्यकाल घरमा बित्न पाएन घरमा बसेर पढने र बाताबरण पनि नभएको हुँदा जति हाम्रा समुदायका बालबालिकाहरु पढ्थे उनिहरुलाइ संस्थाले छात्रछात्राबाँस मै पढाउथे ।
महिले पनि यहि अबसर पाए । शिक्षाको लागि सामाजिक जागरण सेभ छात्राबास दाङमा १ देखि माध्यमिक तहसम्म छात्राबासमा बसेर पढे । म बसेर पढेको छात्राबासमा ३१ जना केटि र २० जना केटा रहेका थिए । १ देखि ५ सम्म बालमन्दिर स्कुल ,६ देखि ८ सम्म श्री सरस्वती नि.मा.बि र ९ देखि १२ सम्म पद्मोदय उच्च मा.बिमा पढे ।
होस्टलमा बस्दा पनि जातीय विभेद भोगे
होस्टेलमा बस्दा पनि यो सानोजात , बादी हुन् भनेर हामीले छोएको पानी नै खादैनथे । होस्टेलमा पानी हुदैनथ्यो कहिले हामी इनारमा पानी लिन जान्थेम त कहिले जरुवामा त्यहाँ गैरदलितले पानी भरिसके पछि मात्र हामीले पालो पाउथेम् । घरमा बसेर पढ्न एकदै जोखिम थियोे ।
बादी समुदाय माथी भएको बाध्यतात्मक यौन दुव्र्यवहार देहब्यपार होईन यो जबर्जस्त अपराध हो ।बलात्कार हो ।
यसलाइ यौन ब्यबसाय भन्न मिल्दैन । सानो छदा हामीले नबुझे पनि पछि अध्यन गर्दै जादा र समाजलाई बुझ्दा यो बादी समुदायको दिदिबहिनी माथी जबर्जस्ती गरिएको यौन अपराध हो । एउटा महिलालाई आफ्नो खाटमा सुतिरहेको अबस्थामा उसको इच्छा बिपरित जङ्गलमा लगेर उससित यौन सम्बन्ध राखिन्छ भने यसलाई देहब्यापार भन्ने कि यौन ब्यबसाय भन्नी कि अपराध भन्नी ?
देहव्यापार भनेको एउटा महिलाले आफ्नो इच्छाले एउटा सर्तको हिसाबले लिनि र दिनि गर्छन् खुसिले शरीर बेच्छ्न भने त्यसलाई भनिन्छ देहब्यापार । बादी महिलाहरु माथी थुपारिएको यौनविषय यो जबसम्म गरिएको हो । जसलाई भोग्न मन लाग्छ उसले उठाएर भोग्ने , जबर्जस्त गर्ने बिबसतालाई देहब्यापार र ब्यबसाय भन्न मिल्दैन र होईन पनि हाम्रा समुदायका दिदिबहिनीले देह ब्यापार भन्नी सब्द सुन्न नि चाहादैनन्।
S.LC. पछिको मेरो यात्रा slc सम्म त म होस्टेल मै बसे पछि फेरि गाउँ फर्किए १० बर्षको दौडानमा गाउँमा धेरै परिबर्तन भैसकेको थियोे । मैले पनि मेरो समुदायबाट कमैले मात्र पास गर्ने slc पास गरे पछि मेरो गाउँ बालबालिकालाई केही गर्नु पर्छ र दिदिबहिनीहरुलाइ सक्षम र सचेत गराउनु पर्छ भनी ECD सेन्टरमा ३ देखि ५ बर्ष सम्मका बालबालिकालाई सामुदायिक बालबिकाश केन्द्रमा ९ बर्ष सम्म पढाए।
२०७३ सालमा मेरो जिबनको अर्को दुर्घटना मोटरसाइकल दुर्घटनामा जिबनसाथी गुमाउनु पर्यो ।
२०६५ सालमा मागी बिवाहा भएको हो , दाङमै माइत घर नजिक थियोे एउटा छोरा चिनो मात्र भयो हाम्रो प्रेम र बिवाहाको जिबनमा नसोचेको घटना घट्यो ।मोटरसाइकल दुर्घटनामा मैले २०७३ आफ्नो जिबनसाथी गुमाउनु पर्यो ।
जिबनमा आफ्नो जिबनसाथी गुमाउनुको पीडा सगै आफ्नो छोराको भबिस्य र जिम्मेवारी बोकि अहिले निरन्तर सामाजिक कार्यमा जुटिरहेकी छु । सामाजिक काम भ्याइनभ्याई रन्जितालाइ दलित महिला एकता केन्द्र बुद एजुकेटरको रूपमा काम गर्दै छु ।साथै सामाजिक परिचालिका भएर महिला हिंसाका घटनाहरु दर्ता गर्ने र महिलाहरुलाइ सचेतता अभियान मै छु । अहिले कमिट नेपालको नगरस्तरिय सामाजिक रुपान्तरण अभियानको नगर अध्यक्ष । दुर्गा भवानी टोल बिकास संस्थाको- अध्यक्ष । को रूपमा काम गर्दै छु ।
“नथियाले” मेरो इज्जत बेच्यो ।
“नथिया”कि लेखिका सरस्वती प्रतीक्षा संग मेरो भेट २०६५ सालमा भएको थियोे । दाङमा बादी महिलाहरुको बारेमा थेसिस लेख्नु छ केहि महिला दिदिबहिनी सित कुरा गर्नु छ भने सि दिदिबहिनीले म सित भेट्नु भनी मेरो नाम लिएछन्। सरस्वतीलाई भेटेर मैले अहिले कुनै बाध्यत्मक ब्यबसाय छैन र समुदायको आत्मसम्मानमा चोट पुराउने कुनै शब्द नलेख्नु होला भने कि थिए त्यस पछि मेरो भेट भएन ,मलाई थाहा पनि थिएन न त् मसित अनुमति नै लिनु भो नत सहमति नै थियो तर कथाको रियल पात्र मलाई बनाएर ,मेरो इज्यत बेचेको हो ,मलाई बेची पैसा कमाएको हो l जीवित पात्रलाई आफ्नो कथामा कल्पना गरि लेख्नु मिल्छ कि मिल्दैन हदै होला कसैको आफ्नो पिडा र  दुखको कथा आफ्नो सम्झी सेयर गरेको भए पनि उसको बारेम्मा पुस्तक अनुमति बिना लेख्न पाइन्छ ?
। नथिया बोकि म अदालत सम्म पुगे ।
२०७५ साल असोज ५ गते म लगाएत केशब बादी , मिना बादी , गोपाल बादी र निर्मल बादी भएर सयुक्त रूपमा बादी समुदाय प्रती गरिएको आपत्तिजनक शब्द , भ्रामिक घटना र प्रथा बनाएर हामीलाई रियल पात्र बनाइ लेखिएको नथिया विरुद्ध न्यायको लागि रिट दायर गर्यौ । साथै महिले मेरो ब्यक्तिगत मानहानी र म प्रती भएको विभेद विरुद्ध महानगरिय प्रहरी परिसर टेकुमा पनि मुद्दा हाले ।
मेरो जिबनको अन्तिम सास रहेसम्म नथिया विरुद्ध लडिरहन्छु ।
सर्बोच्चबाट जे फैसला होस् या भएको छ । प्रशासन , कानुनले मलाई न्याय दिउस् या नदिउस् जबसम्म सरस्वती प्रतीक्षाको नथिया पुरै रूपमा ब्याण्ड हुदैन जबसम्म उसले सार्बजिक माफी मागी यो सबै झुटो हो झुटो लेखेको हो भनी माफी माग्दिन । नथिया ब्याण्ड हुनु पर्छ पुरै रुपममा l
तबसम्म म लडिरहन्छु आज नथियाको मुख्य पात्र रन्जिता बादि पो होइछ त ? भनी समाजले हेर्ने दृष्टिकोण फरक भएको छ । चिन्नेहरुले समेत मलाई फरक तरिकाबाट ब्यबहार गरेका छन् । मेरो इज्जत र मेरो जिन्दगी नै बर्बाद गरिदिने यस्ता कलमहरुलाई बन्द गराउन म मेरो सास रहेसम्म लाग्ने छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्