कामदारको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्था सूचीकृत



काठमाडौं : वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि ५१ वटा स्वास्थ्य संस्था सूचीकरण भएका छन् । सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सूचना जारी गदै वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षणका लागि दैशैभरका ५१ वटा स्वास्थ्य संस्था सूचीकरण गरेको जनाएको हो ।

 

सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्था छनोट गर्न २०७५ चैत्र १३ गतेको गोरखापत्र दैनिकमा मापदण्ड पुगेका स्वास्थ्य संस्थाको सूचीकरणका लागि आवेदन माग गरेको थियो । जसमा १ सय २६ वटा स्वास्थ्य संस्थाहरुले आवेदन दिएका थिए ।

 

आवेदन दिएका सबै स्वास्थ्य संस्थाको मापदण्ड पुगेको वा नपुगेको जानकारीका लागि मन्त्रालयले अनुगमन टोली गठन गरेर अध्ययन गरिएको थियो । अध्ययन टोलीले आवेदन दिएका १ सय २६ वटा स्वास्थ्य संस्थाहरुमध्ये ५१ वटा अस्पताल र स्वास्थ्य संस्थाले मात्र परीक्षण गर्ने रसायन र किटजन्य मापदण्ड पुरा भएका,आवश्यक मेसिन र औजारको मापदण्ड पूरा भएकाले सूचीकरण गरिएको मन्त्रालयले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्