नेपाल–मरिसस श्रम समझदारी, म्यानपावरलाई कामदार पठाउने जिम्मा



 

 

काठमाडौं ।नेपाल र मरिससबीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ । स्विट्जरल्याण्डको जेनेभामा सम्पन्न एक बिशेष कार्यक्रमका बिच नेपालका तर्फबाट श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र मरिससका श्रम, औद्योगिक सम्बन्ध, रोजगार तथा तालीममन्त्री सुदेश एस क्यालीचर्नले सो समझदारीपत्रमा हस्ताक्षर गरेको मन्त्री विष्टका स्वकीय सचिव मदन खनालले जानकारी दिए ।

नेपाल र मरिससले पारदर्शिता, निष्पक्षता र नैतिकतामा आधारित श्रमिक भर्ना प्रणालीलाई अवलम्बन गर्ने विषयलाई समझदारी पत्रमा उल्लेख गरिएको छ । नेपाली कामदारले प्रत्येक वर्ष एक महीनाको पारिश्रमिक बराबरको उपदान पाउनेछन् ।

कामदारको छनोट र भर्ना देखि गन्तव्य मुलुकसम्म पुग्दाका समयमा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै व्यहोर्नुपर्ने समझदारी पत्रमा रहेको यसअघि मन्त्रालयका सहसचिव डा रामप्रसाद घिमिरेले बताएका थिए ।

कामदारको छनोट प्रक्रियामा कुनै निकायले नाजायज फाइदा नउठाओस् भन्ने उद्देश्यले दुवै देशले संयन्त्र बनाएर अनुगमन गर्ने समझदारीमा उल्लेख छ । वैदेशिक रोजगारीका नाममा हुने मानव बेचबिखन र मानव तस्करी रोक्ने विषय पनि समझदारी पत्रमा रहेको छ भने रोजगारदाताको कमीकमजोरीका कारण वा कम्पनी बन्द भएमा नेपाली कामदारले वैकल्पिक रोजगारी खोज्न पाउने समझदारी पत्रमा उल्लेख गरिएको छ ।

मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्