पत्थरीको शल्यक्रिया गर्दा सानो आन्द्रा काटिएपछि बिरामीको मृत्यु



 

काठमाडौँ । उपचारका क्रममा बिरामीको मृत्यु भएपछि चावहिलको ओम अस्पताल तनावग्रस्त छ । पित्तथैलीमा भएको पत्थरीको शल्यक्रिया गर्दा ५० वर्षीया रामप्यारी थापामगरको मृत्यु भएको हो ।

उनको गत शुक्रबार पित्तथैलीको पत्थरीको शल्यक्रिया गरिएको थियो । शल्यक्रियापछि स्वास्थ्यमा सुधार आउनुको सट्टा झन्झन् जटिल बन्दै गएपछि शल्यक्रिया गरेको दुई दिन अर्थात गएको आईतबार सानो आन्द्रा पनि छेडिएको र त्यो नटाल्दा शरीरभर संक्रमण फैलिएर मृत्यु भएको बिरामीका आफन्तको भनाइ छ ।

उपचार गर्न ल्याएकी रामप्यारीको यसरी निधन भएपछि अहिले ओम अस्पतालमा आफन्तको घुँईचो लागेको छ । अस्पताल परिसरमा प्रहरी खटाइएको छ ।

मृतक रामप्यारीको ज्वाई खड्ग श्रेष्ठका अनुसार अहिलेसम्म पनि अस्पताल प्रशासनसँग छलफल भएको छैन । अस्पतालले गल्ती भएको भन्ने कुराको कुनै पनि प्रतिक्रिया नजनाएको उनले बताए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्