पास्नीको भोजले ३० बिरामी



 

धादिङ । धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ११, ज्यामरुङ सिम्लेमा पास्नीको भोज खाँदा ३० जना बिरामी परेका छन् ।

स्थानीय रेशमा आलेको छोराको पास्नी भोज खाएलगत्तै भोज खाने बिरामी भएका हुन् । बिरामी परेकाको बुधवार राति देखिनै स्थानीय मेडिकल, स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ ।

बिहीबार दिउँसोसम्म पनि विरामी निको नभएपछि गाउँलेले उपचारका लागि जिल्ला अस्पताल धादिङबेसी ल्याएका छन् । अहिले अस्पतालमा बिरामीको उपचार भइरहेको छ ।

अस्पतालका चिकित्सकका अनुसार बिरामीमा झाडावान्ता हुने, रिंगटा लाग्ने, ज्वरो आउने र रक्तचाप कम हुने लक्षण देखिएको छ ।

सोही भोज खाएका सुकौरा र भार्मले गाउँका अन्य २० जनापनि बिरामी परेको खबर आएको छ । भोजमा खाएको के खानेकुरामा समस्या आएको हो भन्ने यकिन हुन नसकेको स्वास्थ्यकर्मीले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्