वैदेशिक रोजगार व्यवसायी संघको महासचिवमा पोखरेल मनोनयन



 

 

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघले रिक्त महासचिव पदमा व्यवसायी सरोज पोखरेललाई मनोनयन गरेको छ । संघको कार्यसमिति बैठकले उक्त निर्णय गरेको हो ।

प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपालका संस्थापक अध्यक्ष रहेका पोखरेललाई संघको आगामी असारको २७ गते हुने निर्वाचनमा मञ्चले अध्यक्षको उम्मेदवार बनाउने लगभग पक्का छ ।

संघका तत्कालीन महासचिव नरेश गेलालले कतार भिसा सेन्टर स्थापना गरेर सरकारले नै सिण्डिकेट खडा गरेको भन्दै दुई हप्ता अघि राजिनामा दिएपछि महासचिव पद रिक्त रहेको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्