डडेल्धुरा अस्पतालमा सुत्केरीको मृत्यु पश्चात स्थिती तनावग्रस्त



 

काठमाडौ।पछिल्लो समय चिकित्सकको लापरबाहीका कारण मृत्यु हुनेको सख्यामा बृद्धी भइरहेको छ। यस्तै चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको दावी गर्दै मृतकका आफन्तले डडेल्धुराको उपक्षेत्रीय अस्पतालमा विरोध गरेका कारण परिसरमा तनाव उत्पन्न भएको छ ।

जिल्लाको अमरगढी नगरपालिका–६ बस्ने धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको सुत्केरी भएको १४ दिन पछि मृत्यु भएपछि आफन्तले चिकित्सकको लापरवाही भएको भन्दै विरोध गरेका हुन् । उनको अत्याधिक रक्तश्रावका कारण मृत्यु भएको चिकित्सकले बताएका छन् ।

शल्यक्रिया गरेर १४ दिन अगाडि बच्चा पाएकी उनी ९ दिन अस्पतालमा वेडभर्ना भएकी थिइन्।

चिकित्सकले लापरबाही गर्दा सुत्केरीले मृत्यु भएको भन्दै पीडितले अस्पतालमा तनाव उत्पन्न गराएका छन् । उनीहरुले पीडित पक्षलाई उचित क्षतिपूर्ति, दोषी चिकित्सकलाई कारबाही र शिशुको जीवनरक्षा गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेका हुन्।

आक्रोशित पीडित पक्षले अस्पताल परिसरमा ढुंगामुढा गर्दा अस्पतालमा क्षति समेत भएको छ। प्रहरी र पीडित पक्षबीच केहीबेर झडपसमेत भएको थियो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्