निशुल्क स्वास्थ्य शिविर सम्पन्न



 

दाङ । घोराही उप–महानगरपालिका वडा नम्बर १३ मा एक दिने निशुल्क स्वास्थ्य शिविर तथा निशुल्क आँखा उपचार शिविर सम्पन्न भएको छ ।

नेचर केयर सामुदायिक अस्पताल घोराही दाङको आयोजना, घोराही उपमहानगरपालिका कार्यालयको आर्थिक सहयोग तथा राप्ती आँखा अस्पताल तुलसीपुरको सहकार्यमा श्री बराहक्षेत्र माध्यमिक विद्यालयमा वनगाउँ स्कूलमा शिविर संचालन भएको हो ।

 

नेचर केयर सामुदायिक अस्पताल घोराहीका सदस्य गोपाल नेपालीको अध्यक्षतामा भएको स्वास्थ्य शिविर वडा न १३ का वडा अध्यक्ष रबिलाल घर्तीको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा प्रादेशिक आर्युवेद चिकित्सालय बिजौरिका निर्देशक डा। प्रदीप केसी, उप निर्देशक डा। रामकामेश्वर ठाकुर, घोराही उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख नारायण घर्ती, समेतले बोलेका थिए । शिविरमा २ सय ५५ जनाको स्वास्थ्य जाँच गरि औषधि बितरण गरिएको थियो भने १ सय ३० जनाको आँखा जाँच गरिएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्