तुलसीपुर उपमहानगरपालिकाले सुत्केरी भत्ता वितरण गर्ने



सैघाली खबर
दाङ २९ भदौ।
तुलसीपुर उपमहानगरपालिकाले मातृशिशु सुरक्षा तथा सुत्केरी स्याहार प्रोत्साहन पोषण भत्ता कार्यविधि २०७४ पारित गरेसँगै रकम वितरण गर्ने भएको छ ।

असोज १ गते विहान १० वजे तुलसीपुर उपमहानगरपालिकाको कार्यालयमा रकम वितरण गरिने मेयर घनश्याम पाण्डेले वताएका छन । माृतशिशु मृत्युदर कम गर्नका लागि उपमहानगरपालिकाले ५ हजार सुत्केरी भत्ता दिने नीति पारित गरेको थियो ।

साउन १ गतेदेखि सुत्केरी भएका सम्पुर्ण महिलाहरुलाई कार्यालयमा उपस्थितिका लागि पनि उपमहानगरले आग्रह गरेको प्रेस संयोजक वसन्त विवश आचार्यले वताउनु भएको छ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्