कुबेतमा मृत्यु भएकी अप्सरा बिकको आर्थिक अभावका कारण नेपालमा लास आउन सकेन



अप्सरा बि.क  मादी गाउँपालिका घर भइ हाल पोखरा महानगरपालिकामा अस्थाई बसोबास गर्दै आएकी थिइन् बिगत आठ बर्ष देखि घरेलु कामदारको रुपमा  कुबेतमा काम गर्दै आएकी थिइन्

गत  १२ जुलाई २०१९ शुक्रबारको राती कुवेतको महाबुल्ला स्थित  आप्रावासी कामदारहरुको आवास गृहमा राति ग्याँस सिलिन्डर लिक भएर  आगलागी भयो जुन घटनामा अप्सरा कामि सहित एक पुरु र एक महिला गरि ३ जनाको मृत्यु भयो /

ज्यान गुमाउनेमा सर्लाहीका २९ बर्सिया बिजय बैठा र अर्की गौरी दर्जी रहेका छन /

अप्सरा बि क नेपालबाट नभई अवैधानिक बाटो ईन्डिया हुँदै आएको र हाल कुवेतमा पनि गैरकानुनी रुपमा बस्दै आएकि हुनाले निजको नेपालको वैदेशिक रोजगार बिभागमा कुनै पनि रेकर्ड नरहेको हुदाँ निजको शव स्वदेश पठाउन वैदेशिक रोजगार बिभागले रकम उपलब्ध गराउन नसक्ने नेपाली दूतावास कुवेतबाट मनोज सिंह सर र जानकी ओझा ज्यु बाट जानकारी प्राप्त भएको हुँदा अन्य विकल्पबाट प्रक्रिया लामो हुने हुँदा शव पठाउन कुवेती डिनार ३५० (नेपाली १,२६००० रुपैयाँ ) लाग्ने  बताए पछि सब नेपाल ल्याउन आर्थिक अभावकै कारण रोकिएको हो /

नेपालमा तिन छोरा र एक छोरी साथै श्रीमान ज्याला मजदुरी गर्छन यतिका पैसा खर्च गरि नेपाल लास ल्याउन नसक्ने भए पछि नेपाल कुवेत साँस्कृतिक मंच कुवेत र बिश्वकर्मा समाज कुवेतले आर्थिक सहयोग अभियान शुरु गरेको छ  को सहयोग अभियानमा जुटेकी माया बिकलेले हामि  र व्यक्ति आर्थिक सहयोग अभियानमा जुटेका छौ केहि सकलन हुदै छ र  पैसा  पुरा भए पछि  सम्भबत  एकहप्ताभित्र लास नेपाल पठाइने जानकारी दिएकि छिन /

नेपाल कुवेत साँस्कृतिक मंच कुवेत र बिश्वकर्मा समाज कुवेत विनम्र अनुरोध गर्दछ साथै सहयोग रकम निम्न ब्यक्तिहरुलाई सम्पर्क गरि उपलब्ध गराउन सक्नुहुनेछ । गोबिन्द बराल – 65065379 कृष्ण सुनार – 66523827 माधव शर्मा – 97887529 टिकाराम आचार्य – 99266314 रोशन राई – 65642087 उमा घिमिरे – 66219343 अरुण थापा क्षेत्रि -66799571 नेहा राई – 66180270 जीवन सुनार – 65095495 हित काजी चन्दारा – 69940596 माया बि .क – 55380227

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्