दाङमा विवाहित महिला बिदेशीने क्रम बढ्दै,एक बर्षमा पाँच सय महिलाहरु बिदेशीय



ओमप्रकाश गुप्ता
। दाङमा विवाहित महिलाहरू विदेशीने क्रम बढेको छ । इलाका प्रशासन लमही शाखाबाट यस बर्ष ०७५र०७६ को असार मसान्त सम्मको तथ्यांकमा १८ सय ९९ जना व्यक्तिहरू बिदेशीयको तथ्यांक उल्लेख गरिएको छ । जस अन्तरगत ४ सय ९९ जना महिलाहरु रोजगारीको सिलसिलामा बिदेश गएका हुन् ।

स्वदेशमा केही रोजगारी नभएकोकाले यो सङ्ख्यामा गत बर्ष भन्दा महिलाहरु यस बर्ष बढी विदेशीयका हुन् ।

प्रशासन शाखा अधिकृत प्रेमबहादुर खवासका अनुसार महिलाहरु पनि बिदेशीने क्रम बढी रहेको भन्दै गत बर्ष २ सय जना महिलाहरु बिदेश गएकोमा यस बर्ष ०७५र०७६ मा ४ सय बढि विवाहित महिलाहरु बैदेशिक रोजगारीका सिलसिलामा बिदेश गएको बताए ।

महिलाहरु पुरुषबाट शोषण, दमन तथा समाजबाट पनि अपहेलित हुनुपर्ने क्रम बढ्दै गइरहेकाले महिलाहरुको आकर्षण केन्द्र बिदेश बनेको हो । बढि जसो बिबाहित महिलाहरु खाडी मुलुकमा जाने गरेको भन्दै ४र५ जना महिलाहरुलाई भने घर तर्फ फर्काइएको उनले बताए ।

 

अबिबाहित महिला भने एकदमै कम मात्रामा खाडी मुलुक जाने गरेको भन्दै सोही अनुसार अनुसंधान गरि मात्रै पठाउने भएकाले सो सङ्ख्या भने निकै कम रहेको दावी गरेका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्