मुख धुदा गर्नै नहुने यी दशँ गल्तीहरु…



 

हामी सबैको बानि बिहान उठेपछी सबै भन्दा पहिला मुख धुँने गरिन्छ । स्वास्थ्य तथा सरसफाइका लागि पनि हामीले दैनिक रुपमा मुख धुने काम गर्नैपर्छ ।

यसरी हाम्रो दैनिक शुरु हुन्छ, तर हामीले पटक पटक गरिने यो काममा पनि हामीले धेरै गल्ती गरिरहेका हुन्छौ । यसरी मुख धुँदा हामी कसैले पनि धेरै कुराहरुको ख्याल गरीरहेका हुदैनौ या भनौ त्यसको मतलब गरदैनौ ,जसको परिणाम स्वरुप विभिन्न स्वास्थ्य सम्बन्धी समस्या हुन सक्छ।
अब हामी मुख धुँदा के के नगर्ने भन्ने कुरा तल दिइएको छ । यो कुराहरुलाई तपाई आफूमा लागू गर्दै अरुलाई पनि सिकाउन सक्नुहुन्छ । जानिराख्नुहोस् स्वस्थ्य टिप्स्-

 

१। ध्यान दिनुस्- जव अनुहार धुनु हुन्छ त्यतिबेला हल्का मनतातो पानी प्रयोग गर्नु सबैभन्दा उत्तम मानिन्छ ।

२। अनुहार चाहिने भन्दा बढी नधुनुस् । यसो गर्दा अनुहारको त्वचामा असर गर्छ ।

३। अनुहार सफा गरेपछि मुलायम रुमालले पुछ्नुस् । अनुहारमा धेरै रगड्नु घातक हुन सक्छ ।

४। अनुहारमा असर गर्ने उत्पादन जतिसुकै आकर्षक भएपनि प्रयोग नगर्नुस् ।

५। फेस वाश वा सावुन अनुहारमा धेरै बेर सम्म नरगड्नुस् ।

६। अनुहारमा मसाज गर्नु पनि राम्रो मानिन्छ । तर यसका लागि आफूलाई मिल्दो तेल मात्र प्रयोग गर्नुस् ।

७। अनुहार सफा गर्दा हतार नगर्नुस् । सँधै राम्रोसँग अनुहार सफा गर्नुहोस् ।

८। अनुहार सफा गरेपछि त्वचा सुख्खा नहोस् भन्नका लागि मोइस्चराइजिङ क्रिम लगाउनुस् ।

९। अनुहारमा लगाउने कुनै पनि उत्पादन किन्दा आफ्नो छालाको प्रकृति अनुसार विचार गरेर मात्र किन्नुस् ।

१०। अनुहारलाई हानी गर्ने क्लिनरको प्रयोग कहिल्यै पनि नगर्नुस् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्