यस्ता छन, कतारमा घरेलु कामदारका लागि नयाँ नियम



कतारले त्यहाँको गृह मन्त्रालयको अनुमतिपछि मात्र विदेशबाट घरेलु कामदार लैजान दिने भएको छ । घरेलु कामदार बारे नयाँ नीतिगत निर्णय भएपछि घरेलु कामदार आपूर्ति गर्ने म्यानपावर एजेन्सीहरुलाई सहभागी गराई कतारको आन्तरिक मन्त्रालय भिसा सहायता विभाग, प्रशासनिक विकास तथा श्रम सामाजिक समन्वय मन्त्रलयले नीति गत हप्ता परिवर्तनबारे जानकारी दिएको बताइएको छ ।

कतारले यो नयाँ निर्णय त्यहाँको महत्वपूर्ण चाड आगामी इद अल अदापछि कार्यान्वयन गर्ने भिसा सहायता विभाग प्रमुख मेजर जनरल अब्दुल्लाह अल मुन्नहदिले जानकारी दिएका छन् ।

कामदार आपूर्ति गर्ने मयानपावर एजेन्सीहरुले आन्तरिक मन्त्रालय र सर्भिस सेन्टरबाट विदेशी कामदार आपूर्ति गर्ने सिफारिश पाउने छन् । सिफारिश पाएपछि कतार भिसा सेन्टर ९क्यूभीसी० बाट बायोमेट्रिक, फिंगरप्रिन्ट र करारपत्रमा हस्ताक्षर गर्ने औपचारिक प्रक्रिया पूरा गरिने बताइएको छ ।

कतारमा उँटको हेरचाह, खेतीकिसानी गर्ने, घरको ड्राइभर, घरमा खाना पकाउने र हेरालु र बगैंचामा काम गर्ने कामदार घरेलु कामदारका रुपमा चिनिन्छिन् । ती क्षेत्रमा हाल कम्तीमा ५० हजार नेपाली कार्यरत छन् । घरेलु कामदारका थप सुरक्षा र अधिकार प्रत्याभूति गर्न कतारले केही महिना अघि नयाँ कानून जारी गरेको थियो ।

नयाँ कानूनमा घरेलु कामदारलाई वर्षमा तीन साताको उपदान दिनुपर्ने, सातामा एक दिन बिदा दिनुपर्ने, बिदामा काममा लगाउन नपाउने, बस्ने सुरक्षित आवास दिनुपर्ने, बिरामी बिदा दिनुपर्ने, दिनमा आराम गर्ने सुविधा दिनुपर्ने, महिना समाप्त भएको तीन दिनभित्र बैंकबाट तलब दिनुपर्ने वा तलब दिएको रसिद दिनुपर्ने, कामदारलाई राम्रो व्यवहार गर्नुपर्ने, लत्ताकपडा र औषधि उपचारको सुविधा दिनुपर्ने उल्लेख छ । त्यस्तै नयाँ कानूनले घरेलु कामदारको हातमा करारपत्र दिनुपर्ने व्यवस्था गरेको छ । करारपत्र अरबी र अंग्रेजीमा हुनेछ । साभार -मध्यान्ह

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्