जादा आकाशमा फर्किइन् बाकसमा

शब नेपाल ल्याउन संघ संस्थाले गर्यो सहयोग


सरु सुनार ,काठमाडौ – काठमाडौको त्रिभुवन अन्तरास्ट्रिय बिमानस्थलमा आगमन ढोका तिर धेरैका आँखाले चिहाइरहेका देखिन्थे , कसैले हातमा पेले कार्ड WELL COME TO Nepal , कसैको हातमा आउने आफन्त , साथिको नाम लेखेर हातमा हल्लाइरहेका देखिन्थे , मेरो नजर आज अन्त डुल्नै सकेन ।

हिजोमात्र कुबेतबाट मलाई माया बि.कले फोन गर्नु भएको थियोे ।भोली 9.50 pm बाट Qutar airways flight no .QR1089 बाट हुने QR 652 नेपाली समय 10.15 am सोमबार काठमाडौमा अप्सरा बिकको लास आउदै छ भनी तपाईंले airport मा सहयोग गरिदिन पर्यो ।

लगत्तै अप्सरा बिकको छोराले पोखराबाट फोन गरे हामी काठमाडौ आइसकेका छौं भोलि एयरपोर्ट आउदिनु ११ बजे एयरपोर्ट पुगे । अप्सराको शब एयरपोर्ट आइसकेको रहेछ । कागजी प्रक्रिया पूरा हुदै छ ,भने भित्रबाट उनका छोराले म बाहिर प्रतीक्षा गरे अप्सराका परिवार अलि पर एउटा खाली बोलेरो संगै उभिइरहेका थिए । उदासिन र पिडाले अँध्यारो अध्यारो , कालो , निलो भएको अनुहार छर्लङ्ग पढन सकिन्थ्यो कति बज्रपात परेको छ यो परिवारलाई । पोखरा लेखनाथ महानगरपालिका घर भएकी अप्सरा बिक बिगत ८ बर्ष देखि वैदेशिक रोजगारको शिलशिलामा कुबेतमा घरायसी काममा कार्यरत थिइन। तीन छोरा , एक छोरी ,श्रीमान पोखरामा मै छन्

घरको आर्थिक अबस्था एकदम दहनिय र श्रीमान पनि बिरामीको कारण उनी आफै छोराछोरीको पालनपोसणको लागि बिदेशीएकी थिइन । केही बाध्यता केही रहर सगै बोकी आजभन्दा आठ बर्ष अगाडी आफ्नो जन्मभुमि नेपाल र आफ्नो परिवार छोडी काठमाडौको अन्तरास्ट्रिय विमान स्थलबाट जहाज चढी सरसर आकाशमा उडेकी अप्सरा आज नेपाल फर्किदा त्यही आकाशमा उनी बाकशमा बन्द भएर फर्किइन् ।

केहि छिनको प्रतीक्षा संगै आगमन कक्षबाट एउटा ठुलो बाकसमा दुई ट्रली जोडेर ४ जनाले डोराउदै ल्याए । सबैको आँखा त्यही बाकस तिर देखिन्थ्यो बाकशमा ठूलो अग्रेजीमा अप्सरा कामी काठमाडौ भनेर लेखिएको थियोे । ट्रलि एकै छिनमा रोकियो स्टेसनमा रहेको बोलेरोमा ४ जनाले बाकस उचालेर राखे अनि छेउ कुनामा बाकसलाई रसिले बाधे तबसम्म मेरा नजर चिहाइरहेको थियोे एकै छिनमा अप्सराका छोरा र आफन्त त्यही बाकश संगै त्यही बोलेरोमा अगाडी बढे र गाडी अगाडी बढ्यो म देखिँदा सम्म हेरिरहे – हेरिरहे ।

यो त एउटा प्रतिनिधि मेरो आँखाको अगाडीको बाकश थियोे जहाँ आफ्नो बाध्यता भित्रको रहर र परिस्थिति संगै हास्दै आकाशमा उडि बिदेश जानी र फर्कदा बन्द बाकशमा फर्किनेको संख्या हरेक दिन त्रिभुवन अन्तरास्ट्रिय विमान स्थलमा २,३ जनाको दरले भित्रिने गरेको हुन्छ , श्रम मन्त्रालयको स्रोत अनुसार २०७४/७५ मा ७७५ को बिदेशमा मृत्युु भएको छ भने २०७५/७६ को असार मसान्तसम्म ८२१ नेपालीको मृत्यु भएको छ मृत्यु हुने संख्याले पनि के देखाउछ भनेअघिल्ला बर्ष भन्दा वैदेशिक रोजगारको क्रममा जाने नेपालीको मृत्यु झनै बढ्दै गएको छ ।

के बाध्यता नै हो नेपाली चेली बिदेशीनु ?

पछिल्लो समय रोजगारको शिलशिलामा खाडी मुलुकहरुमा घरेलु कामदारको रूपमा बिदेशीने नेपाली चेलीहरुको संख्या ह्वात्तै बढेको छ । प्राय जस्तो भारतको बाटो गरि बिदेश जानी धेरै नेपाली चेलीहरु छन् । प्राय आफ्नो श्रीमानबाट सम्बन्ध बिच्छेद , पारिवारिक बोझ थेग्न नसके पछि र आफ्नो परिवार वा छोराछोरीलाई ठुलो रोग लागे पछि उपचार गर्न पैसा नभएर गएको देखिन्छ कतिपय रहरले पनि गएको पाइन्छन् । एकातिर बिना श्रमस्वीकृत अबैध रूपमा जाने र दलालले पनि फसाइदिने बिदेशमा गए पनि कति चेली बेचिनु पर्ने र एउटा देश भन्दै अर्को देश सिफ्टिङ हुनु पर्ने , घरेलुु हिंसा , शारीरिक दुव्र्यवहारको सिकार भएका पनि छन् ।

2014 अगस्टमा साउदी अरबमा घरेलुु कामदारको रूपमा गएकी तनहुँकी शोभा परियारलाई मालिकको छोरालाई मारेको भनी साउदी अरबमा मृत्युदन्ड दिएको थियोे । पारिवारिक श्रोतका अनुसार शोभा परियारलाई घर मालिकले अन्य परिवार नहुदा जबर्जस्ती गर्ने र उक्त दिनमा पनि मालिकको छोरा दुई बर्षको छोरा काखमा भएको र जबर्जस्ती मालिकले झम्टदा हातबाट बच्चा चिल्पिएर मरेको भन्ने थियोे । गाउँ मै शिक्षिका शोभा परियार आफ्नो ९ वर्षिया छोराको मुटुको दुइवटा भल्बमा प्वाल परे पछि छोराको उपचार गर्न ८ लाख लाग्ने भए पछि साउदी गएकि थिइन ।

विशेष गरि नेपालमा बढदो बेरोजगारीको समस्या र गरिबीको कारण नै बिदेशीनु पर्ने बाध्यता हो । जादा आकासमा , फर्किइन अप्सरा बाकसमा गत जुलाई १८ शुक्रबारको दिन कुबेतको महाबुल्ला स्थित आप्रवासी कामदारहरुको आवास गृहमा ग्यास सिलिन्डर लिक भएर आगलागी भयो । त्यही आगलागीमा ४१ वर्षिया अप्सरा पनि परिन र मृत्यु भयो । उनिसंगै अन्य दुई नेपालीको पनि मृत्यु भएको थियोे ।

जसमा अलबहार फर क्लिनिक कम्पनीमा कार्यरत बिजय बैठा र गौरी दर्जी रहेकी छन् । मृत्यु पछि पनि नेपाली दूतावास कुबेतले अप्सरा अबैंध बाटो भारत हुदै कुबेत आएको हुँदा दूतावासले शब नेपाल पठाउन ३५०केडि एकलाख छब्बिस हजार दिन नसक्ने भने पछि नेपाल सब पठाउन निकै समस्या भएको थियोे । आफ्नो मानवीय धर्म पूरा गर्न साँस्कृतिक मन्च कुबेत र बिस्वकर्मा समाज कुबेतले सहयोग अभियान चलाएका थिए । गोबिन्द बरार र माया बिकको विशेष पहलमा शुरु भएको आर्थिक अभियानबाट नै नेपाल शब पठाइएको थियोे । आजै नै शब गृहजिल्ला पोखरा लगेर दाहसंस्कार गरिने अप्सराका छोराले बताएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्