जापानिज भाषा परीक्षा मिति सार्वजनिक



जापान सरकारले नेपाली कामदार लैजाने सहमति भएसँगै जापानिज भाषा परीक्षा मिति सार्वजनिक भएको छ । परीक्षा मिति सार्वजनिक भएसँगै रोजगारीका लागि जापान जाने परीक्षार्थीको भाषा र सीप परिक्षणको जिम्मा जापानिज जापान फाउन्डेसनले पाएको छ ।फाउन्डेसनले नेपालमा अक्टोबर २७ र २८ मा भाषा परीक्षा र नोभेम्बर ५ र ६ मा सीप परीक्षण गराउने भएको छ ।

दुवै चरणको परीक्षा काठमाडौंमा हुने पनि फाउन्डेसनले जनाएको छ । जापान रोजगारीका लागि भाषा र सीप परीक्षा उत्तीर्ण गरेसँगै भिसाको प्रक्रिया शुरु हुनेछ ।भाषा र सीप परीक्षा उत्तीर्ण गरेका कामदारलाई जापानको रोजगार मन्त्रालयले सूचीमा राख्ने छ ।

जापानले नेपाललगायत विभिन्न ९ देशबाट सन् २०१९ देखि ५ वर्षको अवधिमा ३ लाख ४५ हजार रोजगारीका लागि विदेशी कामदार भित्र्याउने योजना गत वर्ष सार्वजानिक गरेको थियो ।यो संस्थाले जुन २८ देखि विभिन्न देशबाट कामदार ल्याउने आवश्यक प्रक्रियालाई शुरु गर्ने छ । नेपाल र जापानबिच श्रमिक आपूर्ति गर्ने विषयमा गत चैत महिनामा सम्झौता भएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्