सुन्दर बन्न चाहानुहुन्छ ? यसरी हटाउनुस् गालाका दाग



आफ्नो पहिरन र व्यक्तित्वलाई आकर्षक बनाउन युवा युवतीहरु चाहन्छन् ।

सामान्यतया पहिरनका साथ साथै आफ्नो आकर्षक व्यक्तित्वका लागि अनुहारलाई पनि सफा र राम्रो बनाउन आवश्यक हुन्छ ।

गालामा दागका कारण समस्या बेहोरिरहनु भएको छ र यसलाई हटाउन चाहनुहुन्छ भने यसका लागि घरायसी रुपमा नै उपचार गर्न सकिन्छ ।

गालामा देखिने गहिरो दाग हटाउन बेसनको प्रयोग गर्न सकिन्छ । यसका लागि दूध, बेसन र कागतीको रसको मिश्रण गराई तयार भएको पेस्टलाई अनुहारमा लगाउनुपर्छ । यसलाई अनुहारमा आधा घन्टासम्म राखेर सुक्न दिनुपर्छ र त्यतिवेलासम्म अनुहार चलाउन पनि हुँदैन । त्यसपछि पखाल्न सकिन्छ ।

यस्ता दाग हटाउन दहीको पनि प्रयोग गर्न सकिन्छ । एक कचौरा दही र कागतीको रस मिलाएर पहिला पेस्ट बनाउनुपर्छ । र, त्यसलाई अनुहारमा लगाउनुपर्छ ।

अर्को आइडिया भनेको कागती र महलाई बराबर मात्रामा मिश्रण गराउने र यस्तो मिश्रणलाई दुईदेखि तीन मिनेटसम्म अनुहारमा लगाउनुपर्छ । जसले छालालाई नरम बनाउँछ र अनुहारको दाग–धब्बा हट्न मद्दत पुग्छ ।
बेसारमा पाइने एन्टिब्याक्टेरियल गुण स्किनका लागि निकै उपयोगी हुन्छ । त्यसैले सस्र्यूंको तेलमा बेसार पकाएर अनुहारमा लगाउँदा अनुहारको दाग–धब्बा हटेर जान्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्