सैघाली खबर
काठमाडौं,२८ मंसिर
बर्तमान सरकारलाई प्रदेश प्रमुख तोक्ने अधिकार नभएको नेकपा एमाले बरिष्ठ नेता झलनाथ खनालले बताउनुभएको छ । नेता खनालले नयाँ जनादेशबाट काम चलाउ बनि सकेको सरकारले महत्वपूर्ण निर्णय गर्न नसक्ने बताउनुभयो ।

उहाँले प्रदेश प्रमुख तोक्ने विषय अब बन्ने नयाँ सरकारको जिम्मेवारी भएको बताउनुभएको छ । बर्तमान सरकारले प्रदेश प्रमुख तोक्ने विषयमा अहिले सम्म एमाले सँग छलफल नगरेको समेत उहाँले बताउनुभयो ।
सरकारले एकलौटी रुपमा महत्वपूर्ण निर्णय गरे आफुहरुलाई मान्य नहुने समेत खनालको भनाई छ । यसैबीच उहाँले नयाँ केन्द्रिय सरकार र प्रदेश सरकार गठन बारे बाम गठबन्धन भित्र छलफल गर्ने तयारी भईरहेको समेत बताउनुभयो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।