दाङमा बिमान सञ्चालन फेरी अलपत्र



जनक नेपाली
दाङ, २९ मंसिर । दाङको टरिगाउँ स्थित ऐरपोर्ट सञ्चालनको काम फेरी अलपत्र परेको छ । दशैदेखि टरिगाउँ एयरपोर्टमा सञ्चालनमा आउने भनिए पनि हाल सम्म विमान उडानको काम अलपत्र परेको हो । ऐरपोर्टको प्रविधिक कारण देखाउँदै बिमान सञ्चालन हुन नसकेको तुलसीपुर उपमहानगरपालिकाका मेयर घनश्याम पाण्डेले जानकारी दिनुभयो । पाण्डेले मेयर भएको सय दिनमा जिल्लामा विमान सञ्चालन गर्ने वचन दिनुभएको थियो । पछिल्लो समय विमान संचालनका लागि पटक ÷ पटक राष्ट्रपति, उपराष्ट्रिपति, प्रधानमन्त्री, संघीय मामला तथा स्थानिय विकास मन्त्रालयममा उपमहारपालिकाको पदाधिकारीको एक टोली डेलिगेशन गएको थियो । ठुलो जहाज ल्याउदा धानवमार्गको अभाव र सानो जहाज उडान गर्दा भाडादर महंगो पर्ने हुदा विमान सञ्चालन गर्न नसकिएको तुलसीपुर उमहानगरपालिकाले जनाएको छ । त्यसका लागि पनि हामी तयार छौ तर बिमानको धावनमार्ग अहिले साढे ७ सय मिटर मात्र भएको हुदा ठुला बिमान अबतरणका लागि समस्या देखिएको छ । साना विमान ल्याउँदा महंगो भाडा र ठुला विमान ल्याउँदा धावनमार्गको अभाव भएका कारण उडानको काम अलपत्र परेको उहाँले जानकारी दिनुभयो

हाल विमानस्थलले ३६ बिघा ओगटेको छ । २३ मंसिर ०११ मा पहिलो पटक जहाज अवतरण भएको थियो । निर्माणको पहल स्थानीय अगुवा झग्गुप्रसाद आचार्यले गर्नु भएको थियो । । त्यसपछिका केही साताका तीन दिन सेवा सुचारु रह्यो । काठमाडौंबाट दाङको टिकट लिएका यात्रु रुकुमको चौरजहारी हुँदै उक्त विमानस्थलमा अवतरण गर्नु पर्ने अबस्था थियो । नेपालगन्जबाट दाङ हुँदै जहाज काठमाडौं पुग्थ्यो । पाँच वर्षअघि कालोपत्रे सकिएपछि पनि नियमति बिहान सुचारु हुनसकेको छैन । कालोपत्रे भएपछि तारा एयरले सातामा एक दिन सेवा दियो । तर, त्यसले पनि केही महिना मात्र सेवा उपलब्ध गरायो ।

विमानस्थल त कालोपत्रे भयो पनि जहाज होइन, त्यही कालोपत्रेको उराठलाग्दो दृश्य मात्रै हेरेर बस्नु परेको स्थानिय डम्बर बस्नेतले जानकारी दिनुभयो ।बस्नेतले भन्नुभयो लामो समयसम्म पनि विमान सञ्चालनमा नआउनु राज्यकै बेइज्जती भएको हो । यो एयरपोर्ट मध्यपश्चिमको व्यावसायिक तथा व्यापारिक ट्रान्जिट प्वाइन्ट हो । त्यसैले, यथाशीघ्र सञ्चालनका लागि राज्यले विशेष ध्यान दिनु पर्छ,। देश संघीयतामा गए संगै दाङलाई प्रादेशिक राजधानीका रुपमा अगाडी बढाउनका लागि थुप्रै पहल भएका छन् जिल्लालाई प्रदेशको राजधानी बनाउँन पनि हामीले पहल थाल्नु पर्छ भन्नुभयो ।

कालोपत्रेमा नौ करोड
सात सय ६० मिटर लामो धावनमार्ग कालोपत्रे भएको हो । त्यसका लागि आठ करोड ८७ लाख रुपैयाँ खर्च भएको थियो । तत्कालीन पर्यटन मन्त्री लोकेन्द्र विष्टमगरको विशेष पहल थियो, त्यसमा । कालोपत्रेसँगै आवश्यक भौैतिक संरचनासमेत निर्माण भएका छन । विमानस्थल सञ्चालन नहुँदा जिल्लावासीले एक सय २६ किमि टाढा नेपालगन्ज या एक सय ९४ किमि दूरीको भैरहवा पुग्नुपर्छ । हवाई सेवा नियमित सञ्चालनका लागि स्थानीयस्तरबाट भएका प्रयास सफल हुन सकेका छैनन । ५ पुस ०७२ मा नेपाल वायुसेवा निगमको जहाज बस्यो । जिल्लाका सभासद् हरूसँगै बालबालिकाको क्षेत्रमा काम गरेर नोबेल शान्ति पुरस्कार प्राप्त गरेका कैलाश सत्यार्थी जहाजबाट ओर्लिए । स्थानीयवासीमा नियमित उडान हुने आशा पलायो । तर, त्यो पनि ‘हात्ती आयो, हात्ती आयो, फुस्सा’ भनेजस्तो मात्र भयो । उक्त जहाज चार्टर गरेर ल्याइएको थियो ।

उडानमा आनाकानी

प्राधिकरणले नियमित उडानमा आलटाल गरिरहेको छ । कहिले भने स्थानीय बासिन्दालाई रकम धरौटी राखे मात्र सेवा शुरु हुने बताउँदै आएको थियो । जिल्लामा सञ्चालन गरिने विमानका बारेमा चार वटा एरलाईन्स संग छलफल भएको थियो । तुलसिपुर उपमहानरपालिकाका कार्यपालिका मेयर घनश्याम पाण्डेले जानकारी दिनुभयो ।बृद्ध, श्री,सौर्य र गोमा एर सगं छलफल भएको पाण्डेको भनाई छ । सम्पुर्ण टिकटको जिम्मा तुलसीपुर उपमहानरपालिकाले लिने वताउँदै अब यी विमान कम्पनी मध्य एउटा संग अबको एक दुईदिनमै सम्झौता हुने उहाँको भनाई छ । दाङमा १८ सिटेमात्र क्षमताको विमान संचालनमा आउने सक्ने वताउँदै साना विमान कम्पनी संग छलफल भएको नेपालीेले जानकारी दिनुभयो तुलसिपुर उपमहानरपालिकाका मेयर घनश्याम पाण्डेको नेत्रित्वमा , कार्यपालिका सदस्य श्याम डाँगी,अमर नेपाली, माईकल , कुमार लामिछाने,घनश्याम ढकाल,नवराज लामिछाने सहभागि हुन भएको छ ।

फाट्टफुट्ट सेवा

२०११ सालदेखि सञ्चालनमा आएको विमानस्थल ०४७ सम्म फाट्टफुट्ट जहाज चले । ०४९ देखि ०५२ सालसम्म नियमित उडान भयो । ०५३ देखि ०६० सालसम्म सेवा अवरुद्ध भयो । फेरि ०६० सालदेखि उडान शुरु भयो र मंसिर ०६६ सम्म नियमित सञ्चालन भयो । १४ जेठ ०७१ देखि नियमित हवाई सेवा शुरु भयो, जुन नौ महिनापछि पुनः बन्द भयो र हालसम्म सञ्चालनमा आएको छैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्