दलित सेवा संघका उपाअध्यक्ष घोराही उपमहानगरपालिकी उपमेयर सगँको अन्तर्वाता



नेकपा माले केन्द्रिय सदस्य, भुमि अधिकार पुर्ब अध्यक्ष,दलित सेवा संघका उपाअध्यक्ष घोराही उपमहानगरपालिकी उपमेयर लिला बिकसगँ गरेको कुराकानी ।

समिक्क्षा गाहा

–तपाइको उम्मेद्धारी किन ?19021362_299531300505981_299738034_n (1)
जनताको माझमा केहि गर्नका लागि ।
–स्थानिय तहमा तपाइले जित्न् भयो भने

जनतालाइ अरु भन्दा थप के सहयोग गर्नु हुन्छ?
६२ हजार जनताहरुको लालपुर्जा छैन तिनीहरुलाइ त्यो पाउनका लागि सहयोग गर्छु ,बाटोघाटो नभाको पिछं्डिएको बर्गहरुलाई सहयोग गर्छु।शिक्षा छ तर रोजगारी छैन त्यसलाइ पनि पहल गर्नैछु। दलितहरुको बजेट ठिक ठाउमा उपयोग भाको छैन त्यसलाई सहि ठाउमा उपयोग गर्न सहयोग गर्छु।

–तपाइले ब्यतिगतरुपमा के प्रतिबद्धता जनाउन चाहानु हुन्छ?
मेरो शरीरमा दुई थोपा रगत रहदा सम्म सहयोग गरीरहने छु।

–तपाइ भुमिहिन सुकुम्बासी अधिकारका क्षेत्रमा पनि काम गर्नु भयो उनिहरुका मुख्य समस्या के हुन र कसरी समाधान गर्न सकिन्छ। ?
सिगो राज्यले निती नियम बनाउनु पर्छ र हात हातमा लालपुर्जा पाउनु पर्छ।
–तपाई महिला पर्नु भयो महिलाका समस्या के देख्नु हुन्छ र यस्को सामाधानका उपाय के के हुन?
बहुबिबाह, छुवाछुत, दाइजो प्रथा, बोक्सी आरोप, सम्पति माथि हस्तक्षेप समस्या भए यस्लाइ समाधान गर्न चाहि सम्पुर्ण महिला महिला हिशांका बिरुद्ध लाग्न पयो।

–चुनाब अघि सबैले प्रतिबद्धतात जनाउछन र जितेपछि भने जस्तो काम हुदैन तपाइले भने अनुसार काम गर्नु हुन्छ भन्ने कसरी बिश्वास गर्नु?
अरुको पार्टि जस्तो करौडौ सकेर चुनाब लड्ने पार्टि होइन थोरै बोल्छोै धेरै काम गछौ पार्टि सानो बिचार ठुलो हो।
–तिन प्रदेशमा चुनाब भयो र तपाइको पार्टी नेकपा मालेको कतै पनि नाम आएननी, दाङमा नाम राख्ने आधार के नि?
सबै भन्दा पुरानो पार्टी भनेकै माले हो,२० औं वर्ष जनताको माझमा काम गरेकी छु मलाइ बिजय बनाउनु हुन्छ भन्ने पुर्ण आशा छ।

सैघाली खबर लाई केही भन्नु छ ?
सैघाली मिडीया का सम्पुर्ण मिडीयाकर्मीहरुलाई धन्याबाद छ । तपाईको यस वनलाइन खबर मार्फत के भन्न चाहान्छु भने स्थानिय तहको निर्वाचन नेपाली जनताको अधिकार स्थापित गर्ने कुरा हो । अश्वीन १४ गते हुने निर्वाचनले संविधानमा भएका अधिकारलाई कार्यान्वयन गर्नका लागि एउटा आधार तयार गर्नेछ । २०÷ ३० बर्ष देखि रोकीएको विकास निर्माणको कामले गतिलिने छ । त्यसकारण अश्वीन १४गते हुने स्थानिय तहको निर्वाचनमा तारा र हसियाँमा मतदान गरी नेकपा माले मा अमुल्य मतदान गरी बिजयी बनाउँन म सम्पूर्ण मतदाताहरुलाई हार्दिक अपिल गर्दछु ।

सैघाली खबर डट कम

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्