४१ जिल्लाका सिडिओ हेरफेर



सैघाली खबर,
काठमाण्डौ १४ बैशाख।
सरकारले ४१ जिल्लाका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ । उनीहरूलाई साबिकको जिल्लाबाट अर्को जिल्लामा प्रमुख जिल्ला अधिकारी ९सिडिओ० को जिम्मेवारी दिएर खटाइएको छ ।

त्यसमध्ये सहायक प्रमुख जिल्ला अधिकारी रहेका ६ जनालाई कायममुकायम प्रमुख जिल्ला अधिकारीको जिम्मेवारीमा खटाएको गृह मन्त्रालयले जनाएको छ । यस्तै, गृह मन्त्रालय र अन्तर्गतका विभिन्न कार्यालयमा रहेका १४ जना सहसचिव र उपसचिवलाई सिडिओको जिम्मेवारीमा खटाइएको छ ।

सरकारले चितवनका सिडिओ नारायणप्रसाद भट्टलाई भक्तपुर र भक्तपुरका द्रोण पोखरेललाई सर्लाहीको सिडिओ बनाएको छ । यस्तै, बर्दियाका सिडिओ नारायणप्रसाद भट्टराईलाई गोरखामा सरुवा गरेर गोरखाका सिडिओ जितेन्द्र बस्नेतलाई चितवन पठाइएको छ । गृह मन्त्रालयका सहसचिव लोकनाथ पौडेललाई पर्साको सिडिओ बनाएर पर्साका सिडिओ विनोदप्रकाश सिंहलाई क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा सरुवा गरिएको छ ।

सिन्धुलीका सिडिओ जनकराज दाहाललाई झापा सरुवा गरिएको छ भने झापाका सिडिओ ऋषिराम तिवारीलाई कैलाली खटाइएको छ । कैलालीका सिडिओ गोविन्दप्रसाद रिजाललाई रौतहटको सिडिओ बनाएर पठाइएको छ । सरकारले ६१ जना सहसचिव र उपसचिवको जिम्मेवारी हेरफेर गरेको हो

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्