दुर्घटना न्यूनिकरण गर्न अटो चालकलाई प्रशिक्षण



सैघाली खबर,
तुलसीपुर १६ बैशाख ।

तुलसीपुरमा अटो रिक्सा चालकहरुलाई प्रशिक्षण दिईएको छ । पछिल्लो समय अब्यबस्थित रुपमा अटो चलाउने, अब्यबस्थित पार्किङ गर्नेजस्ता समस्याहरु बढेको भन्दै शनिबार तुलसीपुरमा प्रशिक्षण दिईएको हो । ट्राफिक प्रहरी कार्यालय तुलसीपुरले एक कार्यक्रम गरि तुलसीपुर क्षेत्रका अटो चालकहरुलाई प्रशिक्षण दिईएको हो । सम्भाबित दुर्घटना न्यूनिकरण गर्न अटोरिक्सा चालकहरुलाई प्रशिक्षण दिईएको ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका असई बिबेक महराले बताए । त्यस अबशरमा तुलसीपुर क्षेत्रका अटो चालकहरुको सहभागीता रहेको थियो । साथै त्यस अबशरमा असई महरा तथा लोक बुढाथोकीले ट्राफिक नियमको बारेमा पनि जानकारी गराएका थिए । ट्राफिक नियमको पालन गर्न निर्देशन समेत दिएका थिए । ट्राफिक नियमको पालना नभएमा कानून बमोजिम कार्बाही गर्ने समेत बताएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्