अधिकार र उत्तरदायित्वको बोध गरौ’



सैघाली खबर,
घोराही , २३ वैशाख ।

 

प्रदेशसभा सदस्य रेवतीरमण शर्माले निर्वाचित जनप्रतिनिधि अधिकार प्रदत्त तहहरुले अधिकार र उत्तरदायित्वको बोध गर्न नसके संघीयता उपलब्धीलाई गुम्न सक्ने बताउदै अधिकार उपयोग र उत्तरदायित्वको बोध गर्नुपर्ने बताउनुभयोे । जिल्ला समन्वय समिति दाङले आईतवार देखी शुरु गरेको न्यायिक समितिका पदाधिकारीहरुका लागि तीनदिने अभिमुखीकरण कार्यक्रमको उद्घाटन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको अध्यक्षता सम्पन्न कार्यक्रममा प्रमुख अिितथि तथा प्रदेशसभा सदस्य शर्माले तीनतहको निर्वाचन सम्पन्न पश्चात्त मुलुकभर्खर संविधान कार्यन्वयनको चरणमा प्रवेश गरेको त्यसलाई सार्थक बनाउने जिम्मेवारी जनप्रतिनिधिहरुको नै रहेको उहाँले बताउनुभयो । स्थानीयमा अहिले कार्यपालिक , व्यवस्थापिक र न्यायपालिका तीन तहकै अधिकार सम्पन्न भइसकेका छ । यि त्नि क्षेत्रलाई मिश्रित गर्दै जनताका हरेक कुरा संग प्रत्यक्ष जोडेर लैजान सक्नुपर्ने उहाँको भनाई छ । जसले गर्दा स्थानीय तह आफैमा निकै संवेदनशील र जिम्मेवारी वोधका साथ शशक्त बन्नुपर्ने उहाँले बताउनुभयो ।

उहाँले अझै नेपाली समाज अन्धविश्वास कुरिती र कुप्रथामा रोमलिरहेको छ । जसले गर्दा समाजमा विभिन्न जघन्य आरोप र अपराधका घटनाहरु मौलाउदै गइरहेका छन । त्यस तर्फ पनि स्थानीय तहले कानुनी अस्त्रको प्रयोग गर्दै जनजागरणको विकास पीडित लाई न्याय र दोषी सजायको परिपार्टीको विकास गरेर लैजानुपर्ने उहाँले बताउनुभयो । न्यायिक समितिलेक सैद्धान्तीक र व्यवहारीक दुवै पक्षलाई नियाल्दै आपसी सम्झदारी र छलफलका आधारमा कानुन भित्रै रहेर न्याय सम्पदान गर्नुपर्ने जसले गर्दा पीडित र पीडक दुवैको जीत हुनु गरी न्याय सम्पदान गर्न सकिने उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रममा प्रतिनिधिसभा सदस्य अर्जुन श्रेष्ठले विभेद रहित न्यायको विकास गरीनुपर्ने बताउनुभयो । स्थानीय तहमा आइपुगेका न्यायलयले कानुन परिपालना गर्दै कसैप्रति पनि व्यक्ति रिसीवी , राजनीतिक पूर्वाग्राह नराखी निष्पक्ष न्याय दिलाउनुपर्ने बताउनुभयो । स्थानीय तहको सम्पन्न अधिकारहरु पूर्ण उपयोग गर्दै न्याय सम्पादन गरी अन्यायमा परेका लाई न्याय , अन्याय गर्नेलार्ई सजाय दिलाउनुपर्ने बताउनुभयो ।
अभिमुखीकरण तालिममा जिल्लाका दश स्थानीय तहहरुका न्यायिक समितिका जनप्रतिनिभिहरुको सहभागिता छ । जिल्ला समन्वय समितिका उपप्रमुख श्रीधर शर्मा पौडेलको स्वागत मन्तव्य वाट शुरु भएको कार्यक्रमको सहजीकरण जिल्ला समन्वय समितिका गोविन्द आचार्यले गर्नुभएको थियो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्