भान्छाको सफाइले निर्धारण गर्छ हाम्रो स्वास्थ्य



सैघाली खबर,
भान्छाको सीधा सम्बन्ध हाम्रो पेटसित हुन्छ । पेटको स्वास्थ्यसित । त्यसैले भान्छालाई जति धेरै सफा राख्न सकियो, त्यति नै शरीर स्वस्थ राख्न सकिन्छ । विशेषगरी, भान्छा फोहर रहेमा रोगका कीटाणु खानाको माध्यम हुँदै शरीरमा प्रवेश गर्दछ । जसका कारण झाडापखाला, टाइफाइड, हैजालगायतका रोगको संक्रमण हुने गर्दछ ।

 

 

यसबाट बच्न भान्छाको सफाइ त जरुरी छ नै । भान्छामा भएका यस्ता ठाउँको सफाइ पनि उत्ति नै जरुरी छ, जहाँ प्रायः खाना राख्ने गरिन्छ ।

स्टोरको सफाइ

हिजोआज हरेक घरमा भान्छा कोठा बनाउँदा स्टोर रूप पनि बनाउने गरिन्छ । यस्ता स्टोर रुपमा प्राय रासन राख्ने गरिन्छ । कुनै घरमा यस्ता स्टोरको व्यवस्था छैन भने किचन क्याविनेटको पनि प्रयोग गर्न सकिन्छ । यस्ता किचन क्याविनेटलाई समय समयमा सफा गर्न भने आवश्यक छ ।

अग्लो दराज नराख्ने

आजकल हरेक घरहरूमा मोड्युलर किचन देख्न सकिन्छ । कयौ घरमा दराजलाई नै मोड्युलर किचन झै बनाएर प्रयोग गरेको पाइन्छ । त्यस्ता दराज बनाउँदा सकेसम्म अग्लो बनाउनु हुँदैन । अग्लो दराज सफा गर्न गार्‍हो हुन्छ । दराज बनाउँदा स्टेनलेस स्टीलको र्‍याक पनि प्रयोग गर्न सकिन्छ । यस्ता र्‍याक हेर्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, त्यति नै सफा गर्न सजिलो पनि हुन्छ ।

किचन अप्लायन्सेज

समयको बचत तथा सजिलोका लागि धेरै गृहणाीको रोजाइमा किचन अप्लायन्सेस पर्दछ । यसको प्रयोग सजिलो हुनुका साथै सजिलै सफा पनि गर्न सकिन्छ । यसको प्रयोगले भान्छा पनि सफा रहने गर्दछ ।

जुठो भाडा

बूढापाकाहरू अक्सर जुठो भाँडा नराख्न सल्लाह दिने गर्दछन् । यसको कारण पनि छ । जुठा भाँडामा रोगका व्याक्टेरियाहरू जम्मा हुन्छ । जसले गर्दा शरीरमा रोगको संक्रमण हुने गर्दछ । त्यसैले शरीरमा रोगको संक्रमण हुन नदिन हरेक पटक खाना खाइसकेपछि तुरुन्तै भाडा माझ्नु पर्दछ । भाँडा सुकेपछि त्यसलाई सफा कपडाले राम्ररी पुछ्नु पर्दछ ।

दराजको सफाइ

भान्छा घरको सफाइ गर्दा दराजको सफाइ गर्नु जरुरी छ । भान्छामा प्रयोग गरिने दराजमा अक्सर खानेकुरा राख्ने गरिन्छ । कतिपयले दराजलाई भण्डारको रूपमा पनि प्रयोग गरेको पाइन्छ । साङ्ला, माउसुली लगायतका कीरा, फट्याङ्ग्रा तथा मुसा अक्सर खानाको खोजीमा यस्तै ठाउँमा लुक्ने गर्छन् । जसले गर्दा शरीरमा विभिन्न रोगको संक्रमण हुने गर्दछ । त्यसैले भान्छा घरको सफाइ गर्दा दराजको सफाइ त जरुरी छ नै । साथै खाना बनाउन अघि त्यहाँ राखिएको खानेकुरा बिग्रेको छ कि छैन भनेर हेर्नु पनि उत्तिकै जरुरी छ ।

भान्छाको सरसफाइ

भान्छाकोठालाई महिनामा कम्तीमा एक पटक साबुनपानीले राम्ररी सफा गर्नुपर्छ । भान्छाकोठा सफा गर्दा भाँडाकुँडा, भुइँ, झ्यालढोका, किचेन र्‍याक तथा खाना पकाउने ठाउँ सफा गर्न भने छुटाउनु हुँदैन ।

फ्रिजको सफाइ

समय समयमा फ्रिजको सफाइ गर्नु पनि निकै जरुरी छ । फ्रिजको सफाइलेस्वास्थ्यको निर्धारण गर्ने हुँदा एउटा मलमलको कपडालाई कागती पानीमा डुबाएर केही घण्टा फ्रिजमा छोड्नु पर्छ । त्यसैगरी, फ्रिजमा लागेको दाग सफा गर्न कागतीलाई आधा काटेर त्यसमा थोरै नुन लगाएर दाग भएको ठाउँमा लगाउनुपर्छ । यसले फ्रिजमा लागेको दाग त छुट्नुका साथै कागतीको प्रयोगले दुर्गन्ध समेत हटेर जान्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्