नेपालमा पहिलो पटक दंगाहा भाषामा थारु भाषामा पठन सामग्रीको निर्माण



निता चौधरी,
तुलसीपुर, २९ बैशाख
नेपालमा पहिलो पटक दंगाहा भाषामा थारु भाषामा पठन सामग्री निर्माण गरिएको छ । दाङमा विश्व शिक्षा र वेसको सहकार्यमा दंगााहा थारु भाषामा दुइ  सय सामग्रीहरु निर्माण गरिएको छ ।

सामग्री निर्माण गर्नूपूर्व बिबिध थारु भाषाभित्र रही गत पौषमा भाषा नक्सांकन गरिएको थियो । उक्त नक्साङकनले दंगाहा थारु भाषामा सामग्री निर्माण गरी नेपालको प्रदेश नंबर ५ र ६ मा बढी भन्दा बढी लाभान्वित हुने निष्कर्ष निकालेको भियो । प्रारम्भिक तहका बालबालिकाहरुलाई लक्षित गरी विभिन्न ७ वटा भाषामा यस प्रकारको सामग्री निर्माण गरिरहेको छ । अवधि, डोटेली, भोजपुरी, नेवारी, तथा नेपाली भाषामा यस अधि सामग्री निर्माण गरिसकिएको र यस पटक दाङमा पनि निर्माण गरिएको विश्व शिक्षाका कार्यक्रम अधिकृत लाल बहादुर चौधरीले जानकारी दिनुभयो ।

उहाले निकट भविक्ष्यमा मैथिली भाषामा पनि सामग्री निर्माण गरिने तयारी रहेको बताउनु भयो । उहाँका अनुसार हरेक भाषामा करिब २ सय जपत पठन सामग्री निर्माण गर्दै आएरहेको बताउनु भयो । जुन सामग्री विसंकेतक तथा पठन सामग्रीको रुपमा रहेका छन् । यसैबिच दंगाहा थारु भाषामा पठन सामग्री निर्माणका लागि ५ दिने कार्याशाला संचालन गरिएको थियो । उक्त कार्यशालामा २० जना लेखक तथा १ जना चित्रकारको सहभागिता रहेको थियो । प्रारम्भिक तहका बालबालिकाहरुको पठन सीप विकासमा सहयोग पु¥याउनका लागि उक्त सामग्री निर्माण गरिएको हो ।

बालबालिकाको दिगो विकासका लागि आकर्षक र रुचिकर बिषयमा चित्र सहितको उक्त सामग्री ब्लुम सफ्टवयरको प्रयोग गरी निर्माण गरिएको छ । उक्त सामग्रीको संपादन पश्चात वेबसाइटमा अवलोड गरिनेछ र विश्वका जुनसुकै स्थानबाट पनि उक्त थारु भाषाका सामग्रीहरु प्रयोग गर्न सकिने छ ।
दंगाहा थारु भाषामा निर्माण गरिएका सामग्रीलाई कुनैपनि स्थान वा विद्यालयले आवश्यकता अनुसार विद्यालयका शिक्षकहरुले प्रिन्ट गरी प्रयोग गर्न सक्नेछन् । सामग्री लेखकहरुको सवलीकरण परियोजना अन्तर्गत तयार गरिएको हो ।
प्रारम्भिक कक्षाका बालबालिकाहरुलाई पठन सीप सुधारका लागि उक्त पठन सामग्रीको प्रयोग तथा यसले थारु भाषी बालबालिकाहरुलाई मद्दत पुग्ने र दंगाहा थारु भाषाको संरक्षण र संबद्र्धनमा समेत सहयोग पुग्ने अधिकृत चौधरीले बताउनुभया

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्