प्युठानमा बस दुर्घटना :५ जनाको मृत्यु ,२० घाइते



सैघालील खबर
प्यूठान ,३० बैशाख

बड्डाडा–चकचके सडकखण्ड अन्तर्गत प्युठानको पाखुरीखोलामा बस दुर्घटना हुँदा ५ जनाको घटना स्थलमै ज्यान गएको छ । दुर्घटनामा २० जना घाइते भएका छन् ।

महेन्द्रनगरबाट प्युठानका लागि छुटेको महाकाली यातायातको ना ४ ख १८७६ नम्बरको बस दुघर्घटनामा परेको हो । बड्डाडाबाट २ किलोमिटर नजिकै पाखुरीखोलामा सडकबाट गाडी तल खसेको हो ।

बिहान तीन बजेतिर अचानक गाडीको हेडलाइट अफ हुँदा अनियन्त्रित भइ खोलामा खसेको बताइएको छ । बस चालक वीरबहादुर चौधरीको मात्रै सनाखत भएको छ ।

अन्यको सनाखत हुन सकेको छैन । घाइते ४ जनालाई बुटवल लगिएको छ भने १६ लाइ प्युठान अस्ताल विजुवार लगिएको छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्