महासंघका लागि रु सात लाख



सैघाली खबर,
रोल्पा, ३ जेठ । नेपाल पत्रकार महासंघ, जिल्ला शाखा, रोल्पाको भवन निर्माण र पत्रकारिता कल्याणकारी कोष स्थापनाका लागि हालसम्म रु सातलाख भन्दा बढी रकम संकलन भइसकेको महासंघका अध्यक्ष मानसिंह विश्वकर्माले जानकारी दिनुभएको छ ।

उहाँका अनुसार मंगलबार मात्र रोल्पाको लिबाङमा आयोजना गरिएको रकम संकलन कार्यक्रमबाट रु ५४ हजार ११० संकलन भएकोे छ ।

महासंघका अध्यक्ष मानसिंह विश्वकर्मा, उपाध्यक्ष दारासिंह डाँगी र उपाध्यक्ष देवीकुमारी गुरुङलगायतको अभियान टोलीले मंगलबार सो रकम संकलन गरेको हो ।

अध्यक्ष विश्वकर्माका अनुसार यसरी हालसम्म रु सात लाख ३२ हजार १४४ जम्मा भइसकेको छ । महासघंको यो अभियानलाई सफल पार्न पहल गर्ने सम्पूर्ण मित्र तथा सहयोगदातालाई पत्रकार महासंघ, रोल्पाले धन्यवाद ज्ञापन गरेको छ ।

साथै, आगामी दिनमा पनि सहयोग रकम संकलन हुँदै जाने आशा गरिएको महासंघले जनाएको छ । यस्तै, रोल्पाको सुलिचौरमा आगामी जेठ ७ गते सुनिल स्मृति गाउँपालिकाको संयोजनमा यस किसिमको कार्यक्रम गर्ने योजना रहेको विश्वकर्माले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्