सैघाली खबर,
तुलसीपुर ११ जेठ ।दाङको तुलसीपुर जेसिज चौकमा शुक्रबार बिहान भएको दुर्घटनामा परि एक महिला गम्भीर घाईते हुनु भएको छ। टिप्परले स्कुटीलाई ठक्कर दिदा महिला गम्भीर घाईते हुनु भएको हो । स्कुटी चालक तुलसीपुर ३ दमारगाउ निवासि टिना केसी रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।घाइतेको उपचार राप्ती अञ्चल अस्पताल तुलसीपुरमा भइरहेको छ । तुलसीपुरको जेसिज चौकमा रा १ क ५८३ नम्बरको टिप्परले रा ३ प २५३३ नम्बरको स्कुटीलाई शुक्रबार बिहान ठक्कर दिएको डिएसपी प्रकाश सापकोटाले बताए ।
टिप्पर र चालक प्रहरीको नियन्त्रणमा रहेको डिएपी सापकोटाले बताएका छन ।घाईते महिलाको खुट्टा र पेटमा गहिरो चोट भएकोले थप उपचारका लागि हेलिकप्टर चार्टर गरि काठमान्डौं लैजाने तयारी भएको डिएपी सापकोटाले बताएका छन ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।