काँग्रेस पार्टी बिघटन गरिदिउँ : पूर्व महामन्त्री गुरुङ



काठमाडौँ, १८ जेठ
नेपाली काँग्रेसका पूर्व महामन्त्री एवं केन्द्रीय सदस्य कुलबहादुर गुरुङले पार्टीलाई वर्तमान गम्भीर अवस्थाबाट बचाउन जुनसुकै जिम्मेवारीका साथ पार्टी सञ्चालन गर्ने प्रण गरेका छन ।
नेता गुरुङले शुक्रबार पार्टी कार्यकर्ताको भेलालाई सम्बोधन गर्दै काँग्रेस गुटमा मात्र रुमलिइरहे विलीन भएर जाने चिन्ता व्यक्त गरे ।

पार्टी नेतृत्वको कार्यशैलीका कारण काँग्रेसका कार्यकर्ताको गला अवरुद्ध भएको, पुराना काँग्रेस नेताहरुमा निराशा आएको र तरुण पुस्तामा विद्रोहको भावना आएको आफूले महसुश गरेको बताएका छन् ।

अहिले नेपाली काँग्रेसले आफ्नो स्थापनाकालीन नीति र सिद्धान्त एवम जननायक बीपी कोइरालाले अवलम्बन गरेको विचार र चिन्तनलाई छोडेको कारण पार्टी आजको दयनीय अवस्थामा पुगेको उनको धारणा थियो ।

निर्वाचनमा भएको पराजयको सम्पूर्ण जिम्मेवारी टिकट वितरण गर्ने संसदीय समिति, वर्तमान केन्दीय कार्यसमिति र यसको नेतृत्वले लिनुपर्ने उनको विचार थियो ।

नेता गुरुङले नयाँ संविधान अनुसार काँग्रेसको विधानमा समयानुकूल परिमार्जन गरी, सबै तहका समितिलाई विघटन गरी, तदर्थ समिति बनाई सबै तहको अधिवेशन आगामी ६ महिनाभित्र सम्पन्न गरी नयाँ नेतृत्वको चयन गर्नुपर्ने धारणा व्यक्त गरे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्