काठमाडौं, १८ साउन । शुक्रबार नियुक्त तीनै जना मन्त्रीहरूले शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा भानुभक्त ढकाललाई नियुक्त गरेका हुन् ।
स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीमा बढुवा भएकी हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीमा र अर्याललाई भूमि व्यवस्था, सहकारी तथा गरिबीमन्त्रीको शपथ गराएकी हुन् ।
यस्तै सुरेन्द्र यादवलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरिएको छ । उनले पनि शुक्रबार नै शपथ ग्रहण गरेका छन् ।
बंगलादेशमा एमबिबिएस पढ्न गएका महिलाहरूको विषयमा दिएको अभिव्यक्ति विवादमा परेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले राजीनामा दिएपछि रिक्त रहेको पदमा ढकाललाई नियुक्त गरिएको हो
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।