ढुंगाले घर च्यापिदा तीन जनाको मृत्यु



सैघाली खबर,
कालिकोट, १६ साउन । कालिकोटमा पहिरोमा परी ३ जनाको ज्यान गएको छ । पहिरोमा परी दुईजना घाइते भएका छन् ।आइतवारराति काटिकोटको सान्नी त्रिवेणी गाउँपालिका–६ मा पर्ने उदय सार्कीको घर पहिरोमा आएको ठूलो ढुंगाले किच्दा उनका दुई छोरी र एक छोराको ज्यान गएको प्रहरीले जनाएको छ ।

कालिकोट प्रहरीले दिएको जानकारी अनुसार मृत्यु हुनेहरुमा उदय सार्कीकी १३ वर्षीया छोरी ललिता सार्की, ५ वर्षीया कल्पना सार्की र ९ वर्षीय छोरा लङ्क सार्की रहेका छन् । भत्किएको घरले पुरिएको अवस्थामा उनीहरुको शव भेटिएको प्रहरीले जनाएको छ। ५० वर्षीय उदय सार्की र उनकी पत्नी ४५ वर्षीया बेलु सार्की घाइते भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्