काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समिति बैठक सकिएको छ । बैठकमा अध्यक्षद्वय को संयुक्त राजनीतिक प्रतिवेदन परिमार्जन सहित पारित गर्दै शुक्रवार सकिएको हो। अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले गत साता संयुक्त प्रतिवेदन स्थायी समितिमा पेस गरेका थिए।
शुक्रवारको बैठकमा नेकपा अध्यक्ष ओलीले विवादित बनेका विषयहरु, पार्टीभित्र एक व्यक्ति एक पद, एसिया प्यासिफिक बैठकमा सरकारको कमजोर प्रस्तुतिवारे आफ्नो धारणा राखेका थिए। स्थायी समितिमा पार्टीका नेता बामदेव गौतमले अध्यक्षद्वयको प्रतिवेदनमा असहमति जनाउँदै बैकल्पिक प्रतिवेदन पेश गरेका थिए ।