केपी ओलीले विद्या भन्डारीलाई एकलौटी तरिकाले राष्ट्रपति बनाउनु भयोः झलनाथ खनाल, वरिष्ठ नेता एमाले



नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनालले पार्टीमा अध्यक्ष केपी शर्मा अाेलीले एक्लाैटी गरेकाे भन्दै यसबारे गंभीर अापत्ति प्रकट गरेका छन् । एमालेमा पछिल्ला दिनमा निर्णयहरू कार्यान्वयनमा जादा पर्याप्त छलफल हुन नसकेकाे, अाेलीले एकलाैटी तरिकाले निर्णय गर्दै जाने गरेकाेमा नेता झलनाथकाे तीव्र अाक्राेश रहेकाे छ ।

नागरिक दैनिकसँगकाे कुराकानीमा नेता खनालले राष्ट्रपतिमा अाफुले अरू नेताहरूकाे अाग्रहमा चाहना राखेकाे तर अाेलीले एक्लाैटी रूपमा पुन विद्या भण्डारीलार्इ नै दाेर्हयाउनु बेठीक भएकाे जिकिर गरेका छन् ।

पार्टीमा गुटबन्दी माैलाइरहेकाे भन्दै नेता खनालले त्यसकाे दाेष पार्टी अध्यक्षले नै लिनु पर्ने बताए ।

खनालसँगकाे कुराकानीकाे संक्षिप्त अंश –

पार्टी प्रणाली र पद्धतिअनुसार चल्दै नचलेको हो ?
कतिपय कुराहरूमा त्यसअनुसार नचलेको देखिन्छ । यो कुराहरूलाई सच्याएर र परिमार्जन गरेर जानुपर्ने अवस्था छ । अझ दुई पार्टी एकीकृत गर्दैछौँ । अरू पार्टीबाट सबल र निर्बल पक्ष पनि आउँछन् । हामीभित्रको निर्बल पक्ष र अर्काेतर्फको निर्बल पक्ष जोडिन लाग्यो भने झन् खतरनाक हुन्छ । सबल पक्षलाई जोड्नेतर्फ ध्यान दिनुपर्छ।

पार्टी कसरी चलेको भन्ने मूल्याकंन हो ?
पार्टी अलि बढी एकलौटीकरण भयो कि भन्ने आवाज उठेको छ । यस विषयलाई नेतृत्वले गम्भीरतापूर्वक लिनु र ध्यान दिनुपर्छ । पार्टीभित्र सबै पक्षलाई समेटेर एकताबद्ध बनाएर अघि बढ्नुपर्छ । किनभने एकातिर विराट सम्भावना र चुनौतीबीचबाट गुज्रिएको छ । चुनौतीलाई सामना गर्दै अघि बढ्नका लागि हरतरहको सुदृढ बनाउने आवश्यक छ।

नेतृत्व गरिरहनुभएको अध्यक्षले के गरिरहनुभएको छ ?
नेतृत्व प्रक्रियाभित्र कतिपय कमी–कमजोरी छन् । त्यस्ता कमी–कमजोरीलाई सुधार गर्नका लागि सामूहिक रूपमा अघि बढ्नुपर्ने हुन्छ । नियमित रूपमा बैठक राख्ने, प्रक्रियापूर्वक विषयवस्तुलाई अघि बढाउने, निर्णयहरू त्यही ढंगले गर्ने, एकलौटी रूपमा नगर्ने, सामूहिक निर्णय गर्ने प्रक्रियामा अघि बढ्नुपर्छ।

सामूहिक निर्णयको पद्धति सकिएको हो ?
हुँदै नभएको भने होइन त्यसमा कमी भने भएको छ । समस्या देखिएको हो । यो समस्यालाई समाधान गरेर अघि बढ्दै छौँ । पटक पटकको छलफलहरूले यो कमी–कमजोरीलाई हटाउन मद्दत गरिरहेको छ।

गुटबन्दी एमालेका लागि नयाँ विषय नै होइन ?
नेपालमा राजनीतिक दलहरूमा गुटबन्दी रहँदै आएको छ । एमालेमा पनि त्यसको प्रभाव यदाकदा देखिएको छ । गुटबन्दी भनेको पार्टीको विकासका लागि खतरनाक रोग हो । कमरेड पुष्पलालले यसलाई महारोग नै भनुहुन्थ्यो । यसले बिस्तारै बिस्तारै पार्टीलाई समाप्त पार्छ । गुटबन्दी हुने र एउटा गुटले अर्कोमाथि शासन गर्ने प्रणीलीको विकास हुन्छ । जरैदेखि गुटबन्दीलाई अन्त्य गर्नुपर्छ भन्ने पक्षमा छु । गुटबन्दीविरुद्ध आवाज उठाउने र आन्दोलन गर्नेमध्ये एक हुँ । अहिले पनि पार्टीबाट गुटबन्दीका जरा उखेलेर फ्याक्नुपर्ने आवश्यकता छ । यसका जरा छन्।

छलफल प्रक्रियाबाट बाहिर पार्न खोजेको भन्ने विषयमा गुनासो हो ?
कमिटीको बैठकहरूमा जहिले पनि निम्त्याइएको छु । तर कतियप विषयहरूमा सबै साथीहरूकोबीचमा यथोचित छलफल नभइरहेको हो कि भन्ने मलाई लागेको छ । यथोचित रूपमा छलफल गरेर सबै साथीहरूकोबीचमा निष्कर्ष निकालेर अघि बढ्ने प्रयासले मात्रै पार्टीलाई अग्रगतितिर लैजान्छ।

अध्यक्षको पार्टीका अन्य नेताहरू तपाईं र अन्य नेताहरूको संवादको अवस्था कस्तो छ ?
संवाद र छलफल भने हुने गरेको छ । भेटघाट पनि गर्छौं तर अनौपचारिक छलफल पनि गर्छौं।

निर्णयमा सहभागी गराइँदैन ?
आमरूपमा काम चलाउने गरी भइरहेको छ । तर पर्याप्त भने होइन।

नयाँ सरकार निर्माणमा पनि गराइएन नि?
स्थायी कमिटीकै बैठकले सबैसँग परामर्श गरेर मन्त्रिपरिषद्लाई पूर्णता दिने अधिकार अध्यक्षलाई दिएको हो । उहाँले त्यसैअनुसार गरिरहनुभएको छ । अन्य दलहरूसँग छलफल गर्दै हुनुहुन्छ । यसमा भन्नुपर्ने केही छैन।

जनपाटीबाट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्