औषधिको अवशेषयुक्त मासु हाँनिकारक



सैघाली खबर,

तुलसीपुर २२ चैत ।

पशु चिकित्सकका अनुसार मानव स्वास्थ्यका लागि औषधिको अवशेषयुक्त मासु उपभोग निकै हानिकारक मानिन्छ । थोरै समयमा कुखुराको तौल बढाउन तथा रोगबाट बचाउन मापदण्डभन्दा बढी औषधि प्रयोग हुने गरेका छन् । यस्तै कुखुराको मासु खाँदा मानिशको स्वास्थ्लाई हानिकारक गर्ने गरेको पशुसेवा कार्यालय तुलसीपुरले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका पशुशाखाले तुलसीपुरमा सरोकारवालाबीच गोष्ठीको आयोजना गरी भेटनरी औषधीको अबशेषले मानिसको स्वास्थ्यलाई हानि गर्ने बताएको छ । तरपनि पशुहरुमा पछिल्लो समय भेटनरी औषधीको प्रयोग अत्यधिक रहेको पाईएको पशु सेवा कार्यालय तुलसीपुरका प्रमुख सुदाम भट्टले बताए । औषधी जन्य अवशेष र मानव स्वास्थ्यमा असर विषयक गोष्ठीमा उनले दाङमा पनि यस्तो समस्या धेरै देखिन थालेको बताए । यस बिषयमा मासु ब्यबसायीहरुले उपभोक्ताको अधिकारलाई ध्यानमा राख्नु पर्ने उनको भनाई थियो । ‘ औषधिको अवशेषयुक्त मासु मानव स्वास्थ्यका लागि निकै हानिकारक मानिन्छ’ उनले भने ‘ तर मासुमा औषधिको अबशेष निकै रहेको पाईएको छ ।’ उनले महामारी विरुद्धको खोप लगाउने,गोठ सफा गर्ने,ल्याव परीक्षण गराएर मात्र स्वीकृतवाला एग्रोभेटबाट उचित मात्रामा औषधिको प्रयोग गर्न किसानहरुलाई उनले सुझाव दिए । जथाभावी रुपमा औषधि प्रयोग गर्नाले त्यसको अवशेष पशुमा रहिरहने हुदा मासु,अण्डा तथा दुग्धजन्य पदार्थले मानव स्वास्थ्यमा असर गर्ने उनले बताए ।

ग्रामिण पशु स्वास्थ्य कार्यकर्ताहरुले आफु खुसी भेटेरीनरी औषधिको प्रयोग गर्ने गरेकाले झनै समस्या उत्पन्न हुने गरेको उनको भनाई छ । कार्यक्रममा उपभोक्ता अधिकारकर्मी गोपाल शर्मा भट्टराईले उपभोक्ता अधिकार सुनिश्चितताका लागि स्थानीय सरकारले निगरानी गर्नुपर्ने बताए । कार्यक्रमको सहजिकरण प्राविधिक सुवास आचार्यले गरेका थिए ।

 

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्