पुरुषमा ब्रेस्ट क्यान्सरको संकेत



 

सैघाली खबर,
निप्पल र आसपासको भागमा एलर्जी र खटिरा आई लामो समयसम्म उपचार गर्दा पनि निको नभएको अवस्थामा सचेत हुन जरुरी हुन्छ । किनकि, त्यस्तो समस्या पुरुषका लागि स्तन क्यान्सरको संकेतसमेत हुन सक्छ ।

 

– निप्पल या त्यसवरिपरिको क्षेत्रमा कडापन महसुस भएमा पनि त्यो खतराको संकेत हुन सक्छ । यस्तो कडापन भएको ठाउँमा थिच्दा दुख्ने र छालाको अवस्था बिग्रँदै जाने भएमा क्यान्सरसमेत लाग्न सक्छ । त्यसैले यस्तो समस्या आएमा तत्काल जाँच गराउन जरुरी हुन्छ ।

– निप्पल या आसपासमा भएको घाउ, अल्सर, छालासम्बन्धी समस्या पटक–पटक उपचार गर्दा पनि निको नभएको आवस्थामा खतरा हुन सक्छ । किनकि, यो क्यान्सरको लक्षणसमेत हुन सक्छ ।

– कहिलेकाहीँ निप्पल या आसपासको छालाबाट रक्तश्राव हुन सक्छ । यसरी छालाबाट लगातार रक्तश्राव र दुखाइ भएको खण्डमा गम्भीर हुन आवश्यक हुन्छ । किनकि, यस्तो समस्याले ब्रेस्ट क्यान्सरको रूप लिन सक्छ । निप्पल या आसपासको छालामा गाँठागुठीको महसुस भएमा पनि सचेत हुनुपर्छ । किनकि, यस्ता गाँठागुठी फुटेर घाउ हुने स्थिति बनेमा ब्रेस्ट क्यान्सर हुन सक्छ ।

– काँधको तल्लो भागमा हात लगाउँदा गाँठागुठीको अनुभव भएमा पनि तत्काल परीक्षण गर्नुपर्छ । यस्तो गाँठागुठीले लगातार दुखाउने भएमा त्यो क्यान्सरको लक्षण हुन सक्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्