अञ्चल अस्पतालमा एआरटी सेवा



 

सैघाली खबर,
तुलसीपुर २६ चैत ।

तुलसीपुरमा एआरटी सेवा शुरु भएको छ । राप्ती अञ्चल अस्पताल तुलसीपुरले गत माघ देखि उक्त सेवा शुरु भएको छ । अस्पतालका सुचना अधिकार कमल सुबेदीका अनुसार उक्त सेवा शुरु भएपछि तुलसीपुरबाटै एचआईभी÷एड्स, टिभिको निःशुल्क जाँच शुरु भएको छ । उनले भने ‘ एचआईभी÷एड्स, टिभिको निःशुल्क जाँच शुरु भएको छ ।’

यस क्षेत्रमा एआरटी सेवा नहुदा घोराहीलगायत अन्य जिल्लामा जानुपर्ने बाध्यता थियो तर अहिले उक्त सेवा शुरु भएपछि सहज भएको उनको भनाई छ । ‘यस अघि घोराहीलगायत बाहिरी जिल्लामा जानुपर्ने बाध्यता थियो’ उनले भने‘ तर अहिले तुलसीपुरमै एआरटी सेवा शुरु भएपछि यहाँबाटै सेवा प्रदान गर्न थालिएको छ ।’

सेवा शुरु भएको तीन महिनामा ५१ जनाले सेवा लिईसकेको उनले बताए । सेवा सञ्चालनका लागि अहिले दुई जना कर्मचारीको व्यबस्थापन गरिएको उनले बताए । उनका अनुसार एक जना डाक्टर र एक जना एआरटी काउन्सिलरले सेवा प्रदान गरिरहेका छन् । साथै गर्भवती महिलामा भएको बच्चाहरुमा एचआईभी÷एड्स, टिभि भए नभएको पनि जाँच गरिने उनले बताए । उक्त सेवा शुरु भएसंगै सेवाग्राहीलाई सहज भएको बताएका छन् । उक्त सेवा पूर्णरुपमा निःशुल्क हुने छ ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्