के तपाई रातमा नसुतेरै अबेर सम्म बस्नु हुन्छ, नगर्नुस देखियो यस्तो खतरनाक संकेत १



सैघाली खबर,

के तपाईंको राती अबेरसम्म जागै बस्ने अनि बिहान जबर्जस्ती उठ्ने बानी छरु त्यसो हो भने होस् गर्नुहोस्। किनभने हालै अनुसन्धानकर्ताहरुले त्यस्ता व्यक्तिको चाँडै सुतेर चाँडै उठ्नेहरुभन्दा कम उमेरमै मृत्यु हुने सम्भावना बढी हुन्छ।

ढिला सुत्ने र ढिला उठ्नेहरुलाई ‘उल्लु’ तथा चाँडै सुतेर घामसँगै उठ्नेहरुलाई ‘भारद्वाज’ पंक्षीको रुपमा वर्गीकृत गरिन्छ।

बेलायतमा ४ लाख ३० हजार मानिसमा साढे ६ वर्ष लगाएर गरिएको अध्ययनमा उल्लुहरु भारद्वाजको तुलनामा कम उमेरमै मृत्यु हुने जोखिम १० प्रतिशतले बढी हुन्छ।

‘यो जनस्वस्थ्यको मुद्दा हो र यसलाई बेवास्ता गर्न मिल्दैन,’ अनुसन्धानकर्तामध्ये एक सर्रे युनिभर्सिटीका मालकोम भान सान्ज भन्छन्। उनी राती अबेर बस्ने व्यक्तिहरुलाई बिहान ढिला उठ्न दिनुपर्ने तर्क गर्छन्।

‘बिहान चाँडै उठ्नेहरुको संसारमा मिल्न खोजिरहेका ढिला सुत्ने मानिसहरुले गम्भीर जोखिम भोग्नुपर्ने हुनसक्छ,’ अनुसन्धानका लेखक नर्थवेस्टर्न युनिभर्सिटी सिकागोका क्रिस्टेन नटसन भन्छिन्।

उनीहरुले ३८ देखि ७३ वर्षबीचका झण्डै पाँच लाख मानिसको तथ्यांक विश्लेषण गरेका थिए। ती व्यक्तिलाई उनीहरुको दैनिकी र रुचीको आधारमा चार वर्गमा विभाजित गरिएको थियो।

साढे ६ वर्षमा तीमध्ये जम्मा १० हजार ५०० व्यक्तिको मृत्यु भयो।

यो तथ्यांक विश्लेषण गर्दा चाँडै सुतेर चाँडै उठ्ने मानिसको तुलनामा राती अबेर बस्नेहरुमा मृत्युको जोखिम १० प्रतिशत बढी रहेको पाइयो।

राती अबेरसम्म बस्नेहरुमा मनोवैज्ञानिक विकार, मधुमेह, पेट तथा स्वासप्रस्वासमा कष्टजस्ता समस्या भेटिए। त्यस्ता व्यक्तिले धुम्रपान, मद्यपान, कफी सेवन र लागुऔषध प्रयोग गर्ने सम्भावना पनि बढी भेटियो।

राती ढिलासम्म जागै बस्नेहरुको जैविक घडी बाहिरी वातावरणसँग मेल नखाने हुनाले बढी जोखिम देखिएको हुनसक्ने पनि नट्सन बताउँछिन्।

केही वंशाणुगत रुपमै र अरुहरु काम, दैनिकी र गुणका कारण राती अबेर बस्ने उनको भनाइ छ। त्यसैले यस्ता व्यक्तिको दैनिकीमा केही लचिलोपन हुनुपर्ने उनी बताउँछिन्। ‘उनीहरुलाई बिहान आठै बजेको कामका लागि उठाउनु हुँदैन,’ नट्सन भन्छिन्। एएफपी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्