चिकित्सा विधेयक तोडमोड गरिए फेरी सत्याग्रह डा. केसी



काठमाडौँ १३ असार ।  डा.गोविन्द केसीले चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापन विधेयकको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याइए असार १५ गतेदेखि सत्याग्रह सुरु गर्ने घोषणा गरेका छन् ।

उनले पहिले जारी भएको अध्यादेशमा कुनै पनि परिवर्तन नगरी जस्ताको तस्तै जारी गर्न सरकार र राजनीतिक दलहरुलाई आग्रह गरेका छन् । उक्त प्रतिस्थापन विधेयक ल्याउने क्रममा सुधार अभियानको मर्म नै मर्ने गरी तोडमोड गरेर ल्याउन लागिएको सुचना आफुहरुलाई प्राप्त भएको र यो कदम स्वीकार्य नभएको उनले बताएका छन् ।
उनले स्वास्थ्यजस्तो संवेदनशील विषयमा समेत सबै पक्षहरुको ध्यानाकर्षण गर्नका लागि १५ औं सत्याग्रहको स्थल कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान रहेको जुम्ला सदरमुकाम हुने समेत जनाएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्