बाउसे बने बाबुराम : गोरखामा हलो जोते, बीउ काढे



सैघाली खबर, १५ असार ।

असार १५ गते अर्थात धान दिवसमा गृहजिल्ला गोरखा आएका पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई रोपाईंमा सहभागी भएका छन् । शुक्रबार उनी सिरानचोक गाउँपालिका-५ जरेबरस्थित कृष्ण कुमालको खेतमा रोपाईमा सहभागी भए ।

त्यहाँ उनले बीउ काड्ने, गोरु जोतेर हिल्याउने र धान रोप्ने कामसमेत गरे । उनी टिसर्ट र हाफपेन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।उनी शुक्रबार नै गोरखाको सिरानचोकमा नेपाल समाजवादी किसान महासंघको राष्ट्रिय भेलामा समेत सहभागी हुने किसान महासंघका प्रदेश ४ का इन्चार्ज विपिन ढकालले बताए ।

रोपाईं पश्चात बोल्दै भट्टराइले कृषि प्रधान देश भएकाले आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकासमा जोड दिनुपर्ने बताए ।बिचौलियाको अन्त्य गर्दै किसानहरुको हक अधिकार सुनिश्चित हुनुपर्ने उनले भनाइ राखे ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्