कुनै हालतमा अनशन गरेरै छाड्छु- डा. केसी



जुम्ला । डा। गोविन्द केसीले आफूले अनशन बसेरै छाड्ने दाबी गरेका छन्। जिल्ला प्रशासन कार्यालय जुम्लाले अनशन बस्नुपूर्व नै निशेधित क्षेत्र तोकी अनशनमा बाधा उत्पन्न गरे पनि डा। केसीले हार मानेका छैनन्। शनिबार बिहान चन्दननाथ मन्दिरको दर्शन गर्दै डा। केसीले सरकारको कडा। शब्दमा आलोचना गरेका छन्। जुम्ली नागरिकहरूको समर्थन जुटिरहेका र आफू कुनै पनि हालतमा अनशन गरेरै छाड्ने उनले बताए। ुदूरदराजका जनताको अमूल्य मतले सरकार बनाउने तर तिनीहरूको स्वास्थ्य शिक्षाजस्ता अति आवश्यक सुविधामा ध्यान नदिने सरकारले कसको सेवा गरेको होरु’ डा। केसीले प्रश्‍न गरे। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय वरपर २ सय मिटर आसपास अनशन बस्न नपाउने भनी जिल्ला प्रशासन कार्यालय जुम्लाले शक्रबार बेलुका नै सूचना जारी गरेको थियो। प्रशासनको सूचनाको अवेज्ञा गरेरै भए पनि आफूले अनशन बसेरै छाड्ने डा।। केसीको दाबी छ। अनशन कहाँ बस्ने भन्नेबारे आफूले विचार गरिरहेको र पत्रकार सम्मेलनमार्फत जानकारी दिने केसीले बताएका छन्। अहिले डा। केसी एक्लै बसेर अनशनबारे सोचिरहेका छन्।thahakbr

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्