यसकारण नपिलाउने नवजात शिशुलाई पानी



नवजात शिशुलाई पानी पिलाउँदा तौलमा कमी आउन सक्छ । ६ महिनाभन्दा कम उमेरका शिशुलाई पानी खुवाएमा जन्डिससमेत हुन सक्छ ।
(नवजात शिशुलाई पानी पिलाउँदा विभिन्न शारीरिक तथा मानसिक समस्या निम्तिन सक्छ ।
(नवजात शिशुलाई पानी पिलाउने बानी गर्दा उसले आमाको दुध नै मन नपराउने हुन सक्छ । बच्चाको स्वास्थ्यका लागि जुन निकै हानिकारक साबित हुन्छ ।
(बच्चा चार महिनाको भएपछि दिनमा एक वा दुईपटक दुईदेखि तीन चम्चासम्म पानी पिलाउन सकिन्छ ।
(जब बच्चाले ठोस खाना खान थाल्छ तब मात्र पानी पिउन सक्ने हुन्छ । यस्तो अवस्थामा पानी पिलाइयो भने उसलाई कब्जियतको समस्या हुँदैन ।
(चार महिनापछि शिशुलाई आमाको दुध र पानी दुवै पिलाउन सकिन्छ । यद्यपि, पानीमा बढी जोड दिनुहुँदैन ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्