के तपाईलाई थाहा छ? तितेकरेलाका फाइदा



तितेकरेला तरकारी नभई तितो स्वादको फल हो । यसमा पर्याप्त मात्रामा तितोपना हुन्छ । यसैकारण तितेकरेला प्रायः पकाएर वा मसला राखेर खाने गरिन्छ । जसरी खाए पनि तितेकरेलाले मानव स्वास्थ्यमा फाइदै गर्छ । तितेकरेला पोषणको भण्डार हो । यसमा उच्च मात्रामा आइरन, म्याग्नेसियम, भिटामिन, पोटासियम, भिटामिन सी, क्याल्सियम, बिटा क्यारोटिनजस्ता पौष्टिक तत्व पाइन्छन् । तितेकरेलाको जुसले स्वास्थ्यमा झनै फाइदा गर्छ । अब जानौँ, यसका फाइदा स्

रगतमा चिनीको मात्रा नियन्त्रण
विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभरका करिब तीस करोड ८२ लाख जनसंख्या मधुमेह रोगबाट पीडित छन् । तितेकलेलामा पाइने पी इन्सुलिन नामक तत्वले मधुमेहलाई प्राकृतिक तवरले नियन्त्रण गर्छ । सन् २०११ मा इथ्नोफर्माकोलोजी जर्नलले गरेको अध्ययनअनुसार दैनिक दुई हजार मिलिग्राम तितेकरेला सेवन गर्दा टाइप–२ डाइबिटिज पूर्ण रूपमा नियन्त्रण हुन्छ ।

कोलेस्ट्रोल कन्ट्रोल
करेला खाएमा शरीरमा कोलेट्रोलको मात्रा नियन्त्रण हुन्छ । जसले गर्दा हृदयाघात र पक्षाघातको जोखिम स्वतः कम हुन्छ । साथै, रक्तचापलाई समेत नियन्त्रण गर्छ । तितेकरेलामा पाइने पोटासियमले सोडयमको अत्यधिक मात्रालाई कम गर्छ । त्यस्तै, यसमा आइरन र फोलिक एसिड प्रशस्त मात्रामा पाइने भएकाले पक्षघातको जोखिम हुँदैन ।

कपाल र छालामा चमक
तितेकरेलामा एन्टिअक्सिडेन्ट, भिटामिन ए र सीको मात्रा प्रशस्त पाइन्छ । जसले एजिङ र चाउरीपनाको समस्या कम गर्छ । यसले एक्जिमा र सूर्यका परावैजनी किरणको असर समेत न्यून गर्छ । खासगरी, छाला र कपाल चम्किलो बनाउन भिटामिन ए, सी, बायोटिन र जिंक महत्वपूर्ण हुन्छन् ।

यसबाहेक कपाल झर्ने, टुक्रिने, सुक्खा हुने र चाया पर्ने समस्याबाट राहत दिन्छ । तितेकरेलाको जुसलाई जिरा र कागतीबाट बनेको पेस्टमा मिसाएर सीधै कपालमा लगाउँदा चायाको समस्याबाट बच्न सकिन्छ ।

कलेजो सफा राख्छ
तितेकरेलाको जुसले कलेजो सफा राख्न मद्दत गर्छ । साथै, कलेजोमा हुन सक्ने रोगको सम्भावना कम हुन्छ । तितेकरेलाको जुसले मदिराको ‘ह्याङओभरलाई कम गर्नुका साथै कलेजोमा यसले पार्न सक्ने असर कम गर्छ । र, कलेजोमा रक्तसञ्चारलाई दुरुस्त बनाउँछ ।

तौल घटाउँछ
मोटोपन भएका मानिसका लागि तितेकरेला लाभदायी मानिन्छ । यसले क्यालोरी, बोसो र कार्बोहाइड्रेटको मात्रालाई कम गर्छ । साथै, बोसोका कोषहरूलाई नियन्त्रण गर्ने भएकाले खानामा दैनिक तितेकरेला समावेश गरेमा त्यो छोटो समयमै तौल घटाउन प्रभावकारी हुन्छ ।

प्रतिरोधी क्षमता बढाउँछ
करेला सेवनले भाइरस र ब्याक्टेरियाबाट हुने संक्रमणबाट बचाउनुका साथै प्रतिरोधी क्षमताको विकाससमेत गर्छ । यसमा पाइने एन्टिअक्सिडेन्टको मात्राले रोगसँग लड्ने क्षमतामा तीव्र वृद्धि ल्याउँछ । साथै, करेला खाने गरेमा क्यान्सर र ट्युमरको समस्याबाट बच्न मद्दत पुग्छ ।

आँखाका लागि उपयोगी
तितेकरेलामा पाइने बिटा क्यारोटिन र भिटामन ए र सीले दृष्टिमा समस्या आउन दिँदैन । त्यस्तै, अनिद्राका कारण हुने डार्क सकर्लका लागिसमेत यो उपयोगी हुन्छ ।

साबधानी
कतिपय अवस्थामा तितेकरेलाले हानिसमेत गर्छ । पेट दुखाइ, डायरिया भएका वेला र गर्भवती महिलाले तितेकरेला खानुहुँदैन ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्