केहो किवी फल ? जन्नुहोस किवी फलको फाइदा !



काठमान्डौ। किवीबारे धेरै कम मानिसलाई थाहा होला । यसको एउटा यस्तो फल हो, जुन पाचन शक्ति बढाउने देखी छालालाई बुढौलीको असरबाट जोगाउन सम्म उपयोग हुन्छ । यसको उपयोगीताबारे सबैले थाहा पाउनु जरुरी छ । यसको बाहिरी झुस न्युजील्यान्डको रास्टि्रय चरा किवीको भुवा जस्तो देखिने भएकाले किवी नाम दिइएको हो ।

सन् १९७४ मा यसको औपचारिक नामाकरण भएको थियो । न्युजील्यान्डमा यसको खेती अत्यधिक मात्रामा हुने गर्छ । किवी खेतीको लागि चिसो हावापानी उपयुक्त हुन्छ । किवीको एक स्वस्थ बोटले सय किलोग्रामसम्मको उत्पादन दिन्छ ।

नेपालको पनि विभिन्न उच्च भुभावमा यसको खेती गरिन्छ । जापानिज संस्था जाइकाले २०४३ सालमा किवीलदाई नेपाल भित्राएको  मानिन्छ । किवीलाई विश्वकै उत्कृष्ट फलको रुपमा लिन्छ ।
यसका फाइदा
–किवीमा पाइने एक्टिनिडेन भनिने खनिज पदार्थले प्रोटिनलाई छिटो पचाउन मद्दत गर्छ ।

–यसले पाचन शक्ति बढाउने काम गर्छ ।

–किवीमा पोटासियमको मात्रा प्रशस्त हुने भएकाले रक्तचाप नियन्त्रण गर्न सहयोग मिल्छ ।

–किवीमा पाइने उच्च भिटामिन सीले रोगप्रतिरोधात्मक क्षमता बढाउँछ ।

–किवीमा रहेको फाइबरले शरीरका विकारहरूलाई पाचन प्रक्रियाको माध्यमबाट बाहिर निकाल्छ ।

–एकदिनमा २–३ वटा किवीको सेवनले रगत जम्ने सम्भावनालाई १८ प्रतिसतसम्म घटाउँछ ।

–किवीमा चिनीको मात्रा कम हुने भएकाले यो सुगरका रोगीहरूका लागि समेत फाइदाजनक छ ।

–किवी अधिक अल्कलाइनमा वर्गीकृत गरिएको फलफूल हो ।

–यसमा उच्च खनिज पदार्थहरू भएका कारण गहिरो निद्रा लाग्छ ।

–यसको सेवनले शरीरमा फुर्ती आउनुका साथै चिसो कम लाग्छ भने ओस्टियोपोरोसिस घटाउन मद्दत गर्छ ।

–किवी भिटामिन ईको राम्रो स्रोत हो तसर्थ यसले छालालाई बुढ्यौलीको असरबाट जोगाउँछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्