आज र भोलि भिटामिन ‘ए’ क्यापसुल खुवाईदै,कतै तँपाईका बच्चा त छुटेनन् ?



काठमान्डौ। आज देशै भरि ५ बर्ष मुनिका बालबालिका हरुलाई भिटामिन ए क्याप्सुल र जुकाको औषधि खुवाईदैछ । दोश्रो चरणको राष्ट्रिय भिटामिन ए कार्यक्रम शुक्रबार आज र भोलि शनिबार सञ्चालन हुँदैछ । अभियान अन्तर्गत शुक्रबार र शनिबार ७७ वटै जिल्लाका ६ महिनादेखि ५ पाँच वर्षसम्मका बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि ५ वर्षसम्मका बालबालिकालाई जुकाको औषधि खुवाइने छ ।

कर्मचारी समायोजनले स्वास्थ्यकर्मी अन्यौलमा परे पनि खोप कार्यक्रम भने प्रभावित नहुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यक्रम सहजीकरणका लागि सबै स्थानीय तहलाई सूचित गरिदिन चैत १३ गते सामान्य प्रशासन मन्त्रालयलाई पत्रचार गरेको थियो ।

पहिलो चरण अन्तर्गत यसअघि भिटामिन ए र जुकाको औषधि खुवाएका बालबालिकालाई यसपटक पनि खुवाउनुपर्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्