लामखुट्टेको टोकाई बाट बचाउछ यी प्राकृतिक कुराले



काठमान्डौ। गर्मी मौसम सुरु भईसकेको छ गर्मि लागिसक्दा लामखुट्टेले तनाब दिने गर्छ । लामोखुट्टेको टोकाइबाट बच्ने सबैभन्दा उत्तम उपाय झुलको प्रयोग हो। धुप मानिसको स्वास्थ्यको लागि त्यतिकै हानिकारक हुन्छ। यहाँ केही यस्ता घरेलु चिजहरुको बारेमा चर्चा गरिएको छ, जसको गन्ध लामखुट्टेले मनपराउँदैन।
-लुसन
लुसनको गन्धको नजिक लामखुट्टै आउँदैन। साथै लसुन खानु पनि लामखुट्टेको टोकाइबाट बच्नु हो।
-तुलसी
अधिकांस नेपालीको घरमा भेटिने तुलसी स्वास्थ्यको लागि फाइदाकारी मात्र होइन लामखुट्टे धपाउन काममा पनि प्रयोग गर्न सकिन्छ। यसको गन्धको नजिक लामखुट्टे आउँदैन। तुलसीको पेस्ट बनाएर हात खुट्टामा दल्दा छालालाई त फाइदा गर्छ नै लामखुट्टेले पनि टोक्न सक्दैन।
-पुदिना
त्यस्तै पुदिनाको रस लगाउँदा पनि लामखुट्टेले टोक्न सक्दैन।
-लेमनग्रास
कागती जस्तै बास्ना आउने यो झारको गन्धले लामखुट्टे भाग्छ। विशेषगरी खानामा फ्लेभर थप्न र विभिन्न औषधीको रुपमा प्रयोगमा आउने लेमनग्रासको रस लगाउँदा लामखुट्टेले टोक्न सक्दैन।
-नीम
लामखुट्टेबाट बच्न नीमको प्रयोग सबैभन्दा उत्तम तरिका हो। यसको रस वा तेल लगाउँदा लामखुट्टेले टोक्न सक्दैन।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्