करेलाको यति धेरै फाईदा !



काठमाडौं। गाउँघरमा एउटा भनाई नै छ– ‘खोर्सानी जहाँ रोपे पनि पिरै हुन्छ, करेलाको बोटमा चिनीकै मल हाले पनि तीतै हुन्छ ।’करेला स्वादमा तीतो हुन्छ भन्ने कुरा थाहा पाउन यसको धेरै वर्णन गर्नै पर्दैन,यसको नामै पर्याप्त छ उसको परिचय दिन ।

तर स्वादमा तीतो भएपनि करेला स्वास्थ्यका लागि सामान्यतया अरु फलफूल र वनस्पतिको तुलनामा कम उपयोगी भने होईन । वैज्ञानिकहरुको लामो अन्वेषणले करेला शरीरका अन्य अवयवहरुमा जति उपयोगी छ त्यो भन्दा ज्यादा मानव मष्तिष्कका लागि धेरै उपयोगी रहेको पत्ता लागेको दावी गरिएको छ ।

त्यसकारण करेला स्वादमा जिब्रोको बैरी जस्तै भएपनि मष्तिष्कको भने मित्र हो भनिएको पनि छ।वैज्ञानिक वर्गीकरण अनुसार फूल फुल्ने वनस्पतिको समूह कुकुरबिटासी परिवारमा पर्ने करेला भान्सामा नबिराईकन प्रयोग गर्नुपर्ने परिकारको कोटीमा रहेको छ ।

रंगमा हरियो भित्र चैं सेतो, स्वादमा तीतो यो करेला खनिज पदार्थयुक्त तथा औषधीय गुणले परिपूर्ण बस्तु हो । करेला खाँदाका फाइदा अनेकन छन् । मधुमेह नियन्त्रणका लागि करेलाको जुस लाभदायक मानिन्छ । बिहान उठ्नासाथ खाली पेटमा करेलाको जुस पिउनाले पाचन प्रक्रियालाई सरल बनाउन सहयोग पुग्ने बताईन्छ । यसले खानामा हुने अरुचि घटाएर खानपानमा मानिसलाई रुची बढाउनमा मद्दत गर्दछ ।

करेलामा त एन्टी क्यान्सर तत्व समेत पाईने वैज्ञानिकहरुले दावी गरेका छन् । आयुर्वेदिक चिकित्सामा तीते करेलालाई विभिन्न औषधिमा उपयोग गरिन्छ । विशेषगरी उच्च रक्तचाप, मधुमेह रोग, बाथको रोग अरू विभिन्न रोग निदानका लागि समेत प्रयोग गरिन्छ भने युनानी चिकित्साको दृष्टिमा करेलाले पिसाब सम्बन्धी रोग निको पार्छ । मस्तिष्कलाई तन्दुरूस्त राख्दछ, आउँ र कफलाई राम्रोसँग निको पार्छ ।

पत्थरीको रोग, पक्षघात तथा बाथ रोगमा यसको उपयोगले राम्रो सघाउ पुर्याउँछ । रगतका लागि फलाम तथा हाड, दाँत, मस्तिष्क र अन्य शारीरिक अवयवका लागि फस्फोरसको अति आवश्यक हुन्छ । करेलाले ती तत्वको समेत गर्छ । रगतको सफाईमा निकै उपयोगी मानिने करेला तीतो भएपनि बहुगुणकारी भएकाले यसको खेती र उपयोगमा सबैले महत्व दिनुपर्ने देखिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्